चार वर्षपछि पूर्वमिस नेपाल उषाले डिभोर्सी श्रीमानसँग मागिन् २५ प्रतिशत अंश « Khabarhub

चार वर्षपछि पूर्वमिस नेपाल उषाले डिभोर्सी श्रीमानसँग मागिन् २५ प्रतिशत अंश


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले पूर्वपति जीपी तिमल्सिनासँग २५ प्रतिशत हिस्सा मागेकी छन् । २०७९ जेठ २६ गते उषा र जीपीको सम्बन्ध विच्छेद भएको थियो ।

जीपीले सोही वर्ष मंसिर १९ मा दोस्रो विवाह गरेका थिए । सम्बन्ध विच्छेद भएको चार वर्षपछि उनीहरूको पारिवारिक विवाद पुनः सतहमा आएको छ । 

उनले मंगलबार दिउँसो एकपछि अर्को गरी विवादका कुरालाई सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेकी छन् । उषाले आफ्नो २५ प्रतिशत अंशको घर र छोराछोरीको हक अधिकारको माग गर्दै नयाँ सरकारसँग न्यायको अपेक्षा गरेकी छिन् । पूर्वपतिले आफूलाई दुःख दिएको भन्दै उनले फेसबुकमा लगातार स्टाटस लेखिरहेकी हुन् ।

उनको पहिलो स्टाटसमार्फत उनले लेखेकी छिन्, ‘एकल आमा र मलाई आफूमाथि गर्व छ ।’ त्यस्तै दोस्रो स्टाटसमा लेखेकी छिन्, ‘तिम्रो लोग्नेलाई सम्हाल्नुपर्‍यो । मलाई गाली गर्छ, मेरो जीवनमा हस्तक्षेप गर्दै छ । पुलिस प्रशासनमा शान्ति सुरक्षा नहाली भएन अब यो एक्स भनाउँदोलाई । अति गर्‍यो मलाई साथीहरू ।’

अर्कै स्टाटसमा लेखेकी छिन्, ‘आफू विवाह गरेर त्यही घरमा बच्चाहरूको अगाडि बस्ने लाज पचाएर अनि मलाई जथाभाबी भन्ने, मुख छाड्ने । कोही आउँदा जाँदा जथाभाबी बोल्ने । मेरो माइतीबाट परिवारका सदस्य, साथीहरू आउँदा नानाथरी भन्ने, डिस्टर्ब गर्ने धेरै भइसक्यो । अति भएर बोल्दै छु आज । 

अदालतले मलाई पनि यो घर अंशमा दिएको छ । त्यसले मेरो घर, मेरो घर भनेर मात्र भनेर तनाव दिने । मेरो अधिकार खोज्न म कता जाने ? यो देशमा नियम र कानुन छ कि छैन ? अधिकार सुरक्षा छ कि छैन ? नयाँ सरकारले मलाई पनि मेरो हक अधिकार न्याय दिनुपर्‍यो ।’

चौथोमा लेखेकी छिन्, ‘यो घरमा ४ अंशियार । मेरो २५ प्रतिशत । मेरो छोरी २५ प्रतिशत । छोराको २५ प्रतिशत । अनि त्यसको २५ प्रतिशत । अनि तिमल्सिनाले कसरी त्यसको मात्र घर भन्न मिल्छ ? त्यसपछि उनले थप लेखेकी छिन्, ‘मलाई यो घरबाट निस्की । निक्लेर जा । निक्ली है भनेर मलाई टर्चर दिन्छ । अब यो घरबाट म निस्कने होइन । तँलाई निकाल्ने हो । तिमीले सुरु गर्‍यौ । म अन्त्य गर्छु ।’

२०७९ जेठ २६ गते उषा र जीपी तिमल्सिनाबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदको ६ महिनापछि तिमल्सिनाले दोस्रो विवाह गरेका थिए । जतिबेला उनीहरूको अंशवण्डाको टुंगो लागेको थिएन ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ३ : ५४ बजे

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक