हात्तीले धनेश्वर चौधरीको घर भत्कायो « Khabarhub

हात्तीले धनेश्वर चौधरीको घर भत्कायो


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । हात्तीले घर भत्काउँदा र अन्नपात खाँदा २५ हजार मूल्य बराबरको क्षति भएको चौधरीले बताउनुभयो । प्रहरी र स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ लखेटेका छन् ।

शनिबार राति र आइतबार बिहान अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नं ६ मोहनपुरस्थित १० घर हात्तीले भत्काएको थियो । आरक्षबाट आएका चार हात्तीले १० घर भत्काएको स्थानीयवासी दुखी यादवले जानकारी दिए । यादवसहित हात्तीले कमानसिंह मगर, मञ्जु कार्की, रोमा परियारलगायतका घर भत्काएको थियो ।

हात्तीको समूहले कोदोबारी, केराबारीसमेत नष्ट गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको आक्रमणमा परी वर्षेनी मान्छेको ज्यान जानुका साथै सयौँ बिघामा लगाएको अन्नबाली नष्ट पार्दा समेत कुनै निकायले रोकथामका लागि पहल नगरेको स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : ५३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि