अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई « Khabarhub

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।

पाँचौँ शुक्लागण्डकी महोत्सवअन्तर्गत मङ्गलबार भएको खेलमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो । प्रतियोगितामा बौदीकालीले अर्जुनचौपारीलाई ३–२ सेटले पराजित गरेको हो ।

अर्जुनचौपारी गाउँपालिकाले स्याङ्जाकै पुतलीबजार नगरपालिकालाई पराजित गर्दै फाइनल पुगेको थियो । नवलपुरको बौदीकाली गाउँपालिका तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै फाइनल पुगेको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा स्याङ्जाको पुतलीबजार नगरपालिका विजयी भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै पुतलीबजार तृतीय भएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो हुने समूहलाई क्रमशः दुई लाख, एक लाख ५० हजार, ५० हजार र चौथोलाई रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : १० बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा