कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव « Khabarhub

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताहरूको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत् उनले संयमित र जिम्मेवार राजनीति गर्न पनि पूर्णबहादुर खड्कासहितका पुराना नेताहरूलाई आग्रह गरेका छन्।

कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला समूहको समानान्तर गतिविधि प्रति लक्षित गर्दै उनले पाका नेताहरूबाट त्यस्तो काम नसुहाउने टिप्पणी गरेका छन्।

‘झगडा राजनीति हो ? झगडा नेपालीको पहिचान हो त ? हारमा झगडा, जितमा झगडा- न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नु पर्दैन र ?’, उनले प्रश्न गरेका छन्।

नेता भण्डारीले तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको खड्का-कोइराला समूहका गतिविधिलाई घुमाउरो भाषामा गतिछाडा गतिविधिको संज्ञा दिएका छन्।

उनले गलत सन्देश दिने गतिविधि पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण रहेको आशय व्यक्त गरेका छन्। नेता भण्डारीले लोकतान्त्रिक अभ्यासभित्र विचार फरक हुन सक्ने बताउँदै तर त्यसलाई झगडा र विभाजनतर्फ लैजानु गलत भनेका छन् ।

उनले सबै नेता–कार्यकर्ताहरूलाई पार्टीको विधि र मूल्य-मान्यताभित्र रहेर जिम्मेवार ढंगले अघि बढ्न पनि आह्वान गरेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १२ : २५ बजे

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको