मुस्ताङमा आजदेखि एचपीभी खोप कार्यक्रम सुरु « Khabarhub

मुस्ताङमा आजदेखि एचपीभी खोप कार्यक्रम सुरु


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु गरिएको छ ।

पाँच स्थानीय तहका १६ सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई पोठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु गरिएको हो । 

साथै विद्यालय बाहिर रहेका १० वर्षमुनिका किशोरी तथा गत वर्ष एचपीभी खोप लगाउन छुटेका किशोरीलाई पनि खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले जानकारी दिइन् ।

उनका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत १६३ तथा १० वर्षमुनिका विद्यालय बाहिर रहेका तीन र गत वर्ष छुटेका २८ किशोरीलाई क्यान्सर रोगविरुद्धको खोप लगाउने कार्यतालिका छ ।

खोप अभियानअन्तर्गत घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आजदेखि खोप अभियान सञ्चालन भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यही चैत २२ र २३ गते, थासाङ गाउँपालिकामा चैत १९ गते र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चैत २८ गते एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए  ।
 

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १२ : ५६ बजे

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन