गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा  « Khabarhub

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न थालेका छन् ।

उनले सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर समस्या सुन्ने पहल गरेका छन्। विशेषगरी गाउँ–गाउँबाट आएका नागरिकले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राखेका छन् ।

गुनासा राख्ने क्रममा अधिकांश सर्वसाधारणले न्याय पाउन अझै कठिन रहेको बताएका छन्। उनीहरूले शक्ति र पहुँचकै भरमा अन्याय सहनुपर्ने अवस्था रहेको भन्दै ध्यानाकर्षण गराएका छन्।

कार्यक्रममा सहभागी नागरिकहरूले गृहमन्त्री गुरुङलाई भेट्न पाएकोमा खुसी व्यक्त गर्दै विगतका अनुभवसमेत सुनाएका थिए। 

एक सर्वसाधारणले भने, ‘धेरै गृहमन्त्रीहरू बने, तर तपाईँजस्तो हामीजस्ता सर्वसाधारणको गुनासो सुन्ने व्यक्ति पाउन सकेनौँ। हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद।’

गृहमन्त्रीले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले राज्यको सेवा सबै नागरिकसम्म पुग्ने गरी काम गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : ०५ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक