इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प « Khabarhub

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तटीय सहर सुलाबेसी टापुको उत्तरपूर्वी किनारमा केन्द्रबिन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पपछि सुनामीको सानो लहर देखिए पनि पछि चेतावनी हटाइएको छ। भूकम्पपछिको क्षतिको विवरण भने आइसकेको छैन ।

टर्नेट र टिडोरे जस्ता सहरका स्थानीय अधिकारीले नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी गर्न आग्रह गरिएको थियो। यसैबीच, मेट्रो टिभीले भूकम्पबाट क्षतिग्रस्त भएका भवनका दृश्यहरू प्रसारण गरेको छ।

उत्तर सुलावेसी प्रान्तको मानाडो सहरमा एउटा भवन भत्किँदा एक जनाको मृत्यु भएको छ। स्थानीय खोज तथा उद्धार अधिकारी जोर्ज लियो मर्सी रान्डाङले समाचार एजेन्सी एएफपीलाई टेलिफोनमार्फत दिएको जानकारी अनुसार मानाडो आसपास भूकम्पको कडा धक्का महसुस गरिएको थियो।

इन्डोनेसियाको भूगर्भ निकायका अनुसार भूकम्प गएको आधा घण्टाभित्रै उत्तर सुलावेसी टापुको उत्तर मिनाहासामा ७५ सेन्टिमिटर र बिटुङमा २० सेन्टिमिटरसम्मका लहर रेकर्ड गरिएका छन्।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ८ : २१ बजे

देवकुमारी थापा स्मृति पुरस्कार ज्ञान उदासलाई

विराटनगर– देवकुमारी थापा स्मृति गुठीले देवकुमारी थापा स्मृति सम्मान कवि

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रवि लामिछाने

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८

निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशन अन्तर्गत आज नयाँ