निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि आज निर्वाचन हुँदै « Khabarhub

निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि आज निर्वाचन हुँदै


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

गत मंगलबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी २६औँ साधारण सभामा नेतृत्वका लागि आज निर्वाचन हुन लागेको हो ।

महासंघको नयाँ नेतृत्वका लागि अध्यक्षमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामा प्यानलसहित प्रतिस्पर्धामा छन् ।

लामा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस्तै, पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दर्ता गरेका छन् ।

अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ११ : ०३ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी