‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन « Khabarhub

‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग माग गरेका छन् । 

एचआईभी सङ्क्रमितलाई टीकापुर नगरपालिकाले विगत ६ वर्षदेखि पोषण सहयोग बापतप्रति व्यक्ति ६ हजार उपलब्ध गराउँदै आएको छ । सङ्क्रमित व्यक्तिको बैंक खातामार्फत पोषणका लागि रकम भुक्तानी हुने गरेको छ । टीकापुरमा गत वर्ष  ११५ जनाले पोषण सहयोग लिएका थिए ।

पोषण सहयोगका लागि गतवर्ष रु सात लाख ५० हजार बजेट थियो । यस वर्ष रु तीन लाख मात्रै बजेट विनियोजन भएकाले नपुग्ने हुँदा पुरानै व्यवस्था अनुसार सहयोग उपलब्ध गराउन सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशील नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारीले माग गरे । 

‘एचआईभी सङ्क्रमित शारीरिक रुपमा कमजोर छन्, उनीहरू अन्यव्यक्ति जसरी काम गर्न सक्दैनन्’, अध्यक्ष भण्डारीले भने, ‘पालिकाले दिने थोरै रकमले पनि उनीहरूलाई एक/दुई महिना छाक टार्न सहयोग हुन्छ । नियमित रुपमा दिइरहेको यस्तो सहयोग घटाउन हुँदैन ।’

विसं २०६४ मा स्थापना भएको नवजीवन एकता समाजले कैलालीमा एचआईभी सङ्क्रमितको अधिकार, रोग निदान, स्वास्थ्य उपचार र परामर्श जस्ता कार्यमा सघाउँदै आएको छ । समाजका अनुसार टीकापुरमा मात्रै १६५ जना एचआईभी सङ्क्रमित छन् । 

समाजले कैलाली जिल्लाभरिका १८ वर्ष मुनिका ७० जना बालबालिकालाई पोषण र शिक्षाका लागि मासिक रु एक अहजार ५०० उपलब्ध गराउने गरेको छ । 

‘उनीहरुको शिक्षा आर्जनका लागि कापी किताब किन्न समस्या नहोस् भनी थोरै सहयोग गर्ने गरेका छौँ’, अध्यक्ष भण्डारीले भने, ‘एकल महिलाका समस्या थुप्रै छन् । कमाउने श्रीमान् बितेपछि, आफू पनि सङ्क्रमित हुँदा आर्थिक समस्या झेलिरहेका छन् ।’

सङ्क्रमितको उपचारका लागि कैलालीमा चार वटा स्वास्थ्य संस्थामा एआरटी सेन्टर स्थापना छन् । सेती अस्पताल धनगढी, टीकापुर, अस्पताल, मालाखेती अस्पताल, लम्कीचुहा अस्पतालमा एआरटी सेवा सञ्चालनमा छ । टीकापुर अस्पतालबाट करिब ६०० जनाले एआरटी सेवा लिने गरेका छन् । 

एक पालिकाको मानिस अझैँ समाजमा सम्मानजनक व्यवहार नभएकाले अर्को पालिका वा टाढाको स्वास्थ्य संस्थाबाट एआरटी तथा उपचार सेवा लिइरहेका छन् । 

विगतमा टीकापुर अस्पतालमा उपचार सेवा लिन आउने टाढाका सङ्क्रमित बिरामीलाई नवजीवन एकता समाजमा गाँस, बाँसको व्यवस्थासमेत गरिएको थियो ।

बर्दगोरियाबाट टीकापुर अस्पतालमा सेवा लिन आएकी एक महिलाले भनिन्, ‘अस्पतालमा रगत परीक्षण लगायतका सेवा लिँदा कहिलेकाहीँ एक/दुई दिन बस्नुपर्ने हुन्छ, पहिले पहिले यही संस्थामा खान र बस्न पाइन्थ्यो’, उनले भनिन्, ‘अहिले आर्थिक समस्याले राख्न सकिँदैन भन्छन्, अब होटलमा बसेर कसरी उपचार गर्नु ? नजिकका अस्पतालमा उपचार गरे सबैले चिन्छन्, समाजमा सङ्क्रमित भनेपछि दुव्र्यवहार गर्छन् ।’

टीकापुर अस्पतालमा मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दयोरिया गाउँपालिका, लम्कीचुहा, भजनी नगरपालिका, जोशीपुर, जानकीसहित बर्दियाको गेरुवा गाउँपालिकाका बिरामी उपचार सेवा लिनआउने गरेका छन् ।

टीकापुरले कार्यविधि नै बनाएर विगत केही वर्षदेखि सघाउँदै आएको हो । चालु आर्थिक वर्षमा पालिकामा आर्थिक स्रोत कम भएकाले बजेट घटेको, आगामी वर्ष बजेट व्यवस्था गर्ने नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले बताए । 

‘तपाईहरुको उपचार पहिलो प्राथमिकता हो, त्यसबाहेकका समस्या पनि धेरै छन्’, उनले भने, ‘पालिकाको जिम्मेवारी धेरै, बजेट कमहुँदा कतिपय काम इच्छा भएर पनि गर्न सकिएको छैन, आगामी वर्ष बजेट सुनिश्चित गर्नेछौँ ।’ रासस
 

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १२ : ५७ बजे

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन