निर्माणाधिन सडकमा दुर्घटना बढे « Khabarhub

निर्माणाधिन सडकमा दुर्घटना बढे


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ ।

६ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी छन् भने यो बाटो निर्माण शुरु भएको ६ वर्ष भइसकेको छ ।

सडकमा सवारी चाप बढ्नु र बाटो नबन्नु सवारी दुर्घटना प्रमुख कारण रहको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । सोमबार मात्रै सो सडकमा बुबा आँखाका डाक्टर र छोरी स्टाफ नर्स सवार मोटरसाइकल दुर्घटना हुँदा दुवैको मृत्यु भएको छ ।

मोरङको बूढीगङ्गा गाउँपालिका वडा नं ३ स्थित शान्तिचोकमा भएको दुर्घटनामा वडा नं ४ निवासी ५२ वर्षीय डा सुवालाल माझी र निजकी २६ वर्षीया छोरी अञ्जली गम्भीर घाइते भइ उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

केही महिना पहिले यही सडकका कारण राष्ट्रियस्तरका फुटबल खेलाडी शम्भु बाँस्तोलाको सुनसरी खनारमा सडकको निर्माणाधीन नालामा खसेर मृत्यु भएको थियो ।

सोमबार बिहान करीब ७: ५० को समयमा विपरीत दिशाबाट आइरहेका को१ख ७२३२ नंको यात्रुवाहक बसले को२७प १०२२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुबा र छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डा माझी आँखाका चिकित्सक र छोरी स्टाफ नर्स रहेको बुझिएको छ । गत वर्षदेखि प्रदेश सरकारले सडक सुशासन लागू गरेको भए पनि सवारी चाप, तीव्रगतिमा सवारी चलाउने, सवारी नियम पालना नगर्ने, निर्माणाधीन सडकका कारण सवारी दुर्घटनामा कमी आउन सकेको छैन ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : १० बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक