निर्माणाधिन सडकमा दुर्घटना बढे | Khabarhub Khabarhub

निर्माणाधिन सडकमा दुर्घटना बढे


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ ।

६ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी छन् भने यो बाटो निर्माण शुरु भएको ६ वर्ष भइसकेको छ ।

सडकमा सवारी चाप बढ्नु र बाटो नबन्नु सवारी दुर्घटना प्रमुख कारण रहको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । सोमबार मात्रै सो सडकमा बुबा आँखाका डाक्टर र छोरी स्टाफ नर्स सवार मोटरसाइकल दुर्घटना हुँदा दुवैको मृत्यु भएको छ ।

मोरङको बूढीगङ्गा गाउँपालिका वडा नं ३ स्थित शान्तिचोकमा भएको दुर्घटनामा वडा नं ४ निवासी ५२ वर्षीय डा सुवालाल माझी र निजकी २६ वर्षीया छोरी अञ्जली गम्भीर घाइते भइ उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

केही महिना पहिले यही सडकका कारण राष्ट्रियस्तरका फुटबल खेलाडी शम्भु बाँस्तोलाको सुनसरी खनारमा सडकको निर्माणाधीन नालामा खसेर मृत्यु भएको थियो ।

सोमबार बिहान करीब ७: ५० को समयमा विपरीत दिशाबाट आइरहेका को१ख ७२३२ नंको यात्रुवाहक बसले को२७प १०२२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुबा र छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डा माझी आँखाका चिकित्सक र छोरी स्टाफ नर्स रहेको बुझिएको छ । गत वर्षदेखि प्रदेश सरकारले सडक सुशासन लागू गरेको भए पनि सवारी चाप, तीव्रगतिमा सवारी चलाउने, सवारी नियम पालना नगर्ने, निर्माणाधीन सडकका कारण सवारी दुर्घटनामा कमी आउन सकेको छैन ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : १० बजे

लोमान्थाङ गाउँपालिकामा विद्युतीय चुल्हो वितरण

जोमसोम– लोमान्थाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय ‘इन्डक्सन’ चुल्हो

नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई)

गण्डकी प्रदेश प्रमुखद्वारा पूर्वप्रमुखको निधनमा शोक व्यक्त

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्वप्रदेशप्रमुख पृथ्वीमान गुरुङको आज

सुक्खा आँखाको समस्या बढ्दो, सावधानी अपनाउन सुझाव

काठमाडौं– तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग

ह*त्या गरेको अभियोगमा पक्राउ

ललितपुर- श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट श्रीमान् पक्राउ परेका छन्