रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन « Khabarhub

रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबारमा शासन गर्न मात्रै नभएर सिंहदरबार नै बदल्ने म्यान्डेट दिएको बताएका छन् ।

बिहीबार बसेको संसद्को पहिलो बैठकलाई पार्टीको तर्फबाट सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

रविले यसअघिका सरकारको जस्तो कानुन नै फेरेर, अध्यादेश नै ल्याएर कसैमाथि प्रतिशोध नगरिने बताए ।

‘तपाईंहरूालाई भन्छु म, हाम्रो सरकारबाट कसैमाथि प्रतिशोध हुने छैन। सरकारमाथि प्रश्न उठाउँदैमा अबदेखि कसैको माइक काटिने छैन’, उनले भने, ‘यो सरकारले विदेशी चलखेल भयो भनेर सुख पाउँदैन । सरकारको कामको गति कर्मचारीले थाहा पाइसकेका छन् । अब दायाँबायाँ गर्ने छुट कसैलाई छैन ।’

उनले यो सरकारले देशका नीतिहरू कसैको दबाबमा नबनाउने पनि प्रतिबद्धता जनाए । उनले अब माफिया र विचौलियाको दिन सकिएको बताए ।

‘अब विचौलिया र माफियागिरी रहने छैन । विचौलियाहरूमाथि कारबाही सुरू भइसकेको छ’, उनले भने, ‘यो सरकारले विचौलिया र श्रममाफियालाई कारबाही गर्नेछ । हामी यस मामिलामा कसैसँग सम्झौता गर्दैनौँ ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  २ : ५५ बजे

रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

युक्रेन– रुसको सम्भावित सैन्य जोखिमलाई ध्यानमा राख्दै युक्रेनले बेलारुससँग जोडिएको

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने

काठमाडौं– खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख

पेपर लिक रोक्न नसकेको भन्दै मोदीमाथि राहुल गान्धीको व्यंग्य

काठमाडौं– भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसद राहुल गान्धीले परीक्षा

विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०