देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन « Khabarhub

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवास नबेचिएको जनाएका छन्।

देउवाले सचिवालयमार्फत् बिहीबार बूढानीलकण्ठस्थित ठूलो क्षेत्रफलमा फैलिएको घर बिक्री नभएको जनाएका छन् ।

गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा एउटा समूहले जलाएपछि उक्त घर अहिले भत्काइएको छ। केही दिनयता करिब ४ अर्ब रूपैयाँमा उक्त घर बेचिएको समाचार आएपछि विदेशमा रहेका देउवाले सचिवालयमार्फत् स्पष्टीकरण दिएका हुन्।

देउवा निवासबारे उनको सचिवालयले अहिलेसम्म बिक्री नगरिएको र बेच्ने योजना पनि नरहेको प्रष्टिकरण दिएको हो ।

‘बूढानीलकण्ठस्थित निवास बिक्री गर्ने योजना छैन,’ देउवाको सचिवालयले प्रष्टिकरण दिँदै भन्यो, ‘सञ्चारमाध्यममा घर बिक्री गरेको गलत समाचार आएका छन् । ती सबै भ्रामक हुन् । अहिले पनि उक्त घर बिक्रीमा राखिएको छैन।’

जेन-जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि गम्भीर घाइते हुने गरी कुटपिटसँगै घर पनि जलाइएको थियो । उनको सचिवालयले उक्त घरको ऐतिहासिक महत्त्व भएकाले बेच्न कुनै योजना नरहेको पनि बताएको छ।

सचिवालयका अनुसार उक्त घर र त्यसले चर्चिएको जग्गा देउवा पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई उनको माइतीले दाइजोका रुपमा दिएको हो । आरजुलाई माइतीले उक्त घरसहितको जग्गा २०५० सालमा किनिदिएर दाइजोकामा रुपमा दिएको दाबी सचिवालयको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : ४२ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक