देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन « Khabarhub

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवास नबेचिएको जनाएका छन्।

देउवाले सचिवालयमार्फत् बिहीबार बूढानीलकण्ठस्थित ठूलो क्षेत्रफलमा फैलिएको घर बिक्री नभएको जनाएका छन् ।

गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा एउटा समूहले जलाएपछि उक्त घर अहिले भत्काइएको छ। केही दिनयता करिब ४ अर्ब रूपैयाँमा उक्त घर बेचिएको समाचार आएपछि विदेशमा रहेका देउवाले सचिवालयमार्फत् स्पष्टीकरण दिएका हुन्।

देउवा निवासबारे उनको सचिवालयले अहिलेसम्म बिक्री नगरिएको र बेच्ने योजना पनि नरहेको प्रष्टिकरण दिएको हो ।

‘बूढानीलकण्ठस्थित निवास बिक्री गर्ने योजना छैन,’ देउवाको सचिवालयले प्रष्टिकरण दिँदै भन्यो, ‘सञ्चारमाध्यममा घर बिक्री गरेको गलत समाचार आएका छन् । ती सबै भ्रामक हुन् । अहिले पनि उक्त घर बिक्रीमा राखिएको छैन।’

जेन-जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि गम्भीर घाइते हुने गरी कुटपिटसँगै घर पनि जलाइएको थियो । उनको सचिवालयले उक्त घरको ऐतिहासिक महत्त्व भएकाले बेच्न कुनै योजना नरहेको पनि बताएको छ।

सचिवालयका अनुसार उक्त घर र त्यसले चर्चिएको जग्गा देउवा पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई उनको माइतीले दाइजोका रुपमा दिएको हो । आरजुलाई माइतीले उक्त घरसहितको जग्गा २०५० सालमा किनिदिएर दाइजोकामा रुपमा दिएको दाबी सचिवालयको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : ४२ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा