चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ « Khabarhub

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुरस्थित मालपोत कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरेका ६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

कार्यालयका अनुसार, केही व्यक्तिहरू सेवाग्राहीलाई झुक्याएर ठगी गर्ने प्रयास गर्दै आएका थिए।

मालपोत कार्यालयले एक सूचना जारी गर्दै अब अनधिकृत व्यक्तिहरूको प्रवेशमा पूर्ण रोक लगाएको जनाएको छ।

अबदेखि सेवा लिन आउने व्यक्ति र कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइनेछ। सेवासम्बन्धी कामकाज पनि सम्बन्धित व्यक्ति वा दर्ता भएका भू–सेवा सञ्चालकले पेश गरेका कागजातको आधारमा मात्र अगाडि बढाइनेछ।

साथै, भू–सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ४ : १९ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र