रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति « Khabarhub

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध जारी अनुसन्धानका लागि म्याद थप गरिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले लेखकलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएको हो ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा दर्जनौँको ज्यान जाने गरी भएको हताहतीसम्बन्धी घटनामा गत शनिबार पक्राउ परेका लेखकको बिहीबारदेखि बयान लिन थालिएको छ। उनलाई जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला प्रहरी परिसरले पाँच दिनको म्याद लिएको थियो । 

पहिलो पटक अदालत लगिएका लेखकलाई पनि यस पटक भिडियो कलबाटै दोस्रो म्याद लिइएको छ। 

अहिले खकलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । 

भदौको जेन-जी आन्दोलनमा भएको दमन र विध्वंशबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनेको थियो । त्यही आयोगको सिफारिसका आधारमा उनलाई प्रहरीले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ७ : ४० बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट