सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक « Khabarhub

सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– ठूला चाड दशैँ, तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक छाएको छ । कात्तिक शुक्ल पक्षमा सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला तथा डोटीमा रहेका शक्तिपिठ तथा मन्दिरमा जात्रा लाग्ने भएकाले जात्राको रौनक छाएको छ ।

कात्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यहाँका विभिन्न शक्तिपिठ तथा मन्दिरमा जात्रा लाग्ने गर्दछ । कात्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा कात्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहिआएको स्थानीय बूढापाका बताउँछन् । जात्राका लागि अहिले सुदूरपश्चिमका सबै जिल्लासँगै जात्रामा दर्शन गर्नका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने क्रम शुरु भइसकेको छ ।

यहाँका विभिन्न शक्तिपिठमा लाग्ने जात्रामा दर्शन गर्नका लागि अहिले तराईका जिल्लाबाट पहाड आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख मोहनसिंह धामीले बताए । डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपिठ ठुलाकेदार, मसानी, शैलेश्वरी, सालमुनीलगायतका मन्दिरमा जात्राको तयारी भइरहेको छ । त्यस्तै डोटीको जोरायल गाउँपालिका–५ गड्सेरास्थित मसानी जात्रा, डडेल्धुराको उग्रतारा, भागेश्वरलगायतका अन्य मन्दिरमा कात्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।

ठूलाकेदार जात्राको दर्शनका लागि पनि सुदूरपश्चिम प्रदेशका सबै जिल्लासँगै भारतको उत्तराखण्ड, उत्तर प्रदेशलगायतबाट पनि भक्तजन आउने गरेका बडीकेदार गाउँपालिकाका स्थानीय खड्कबहादुर बोहराले बताए ।

उक्त ठूलाकेदार जात्रा आउँदो मङ्सिर ५ गते चर्तुर्थीका दिन हुने भएको छ । राष्ट्रकै सातौँ धामको रुपमा रहेको दार्चुलाको मालिकार्जुन धाम, लटिनाथलगायतका मन्दिरमा पनि जात्रा लाग्ने भएपछि दार्चुला क्षेत्रमा पनि चहलपहल बढेको मालिकार्जुन क्षेत्रका मुखिया रुद्र धामीले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । वर्षभरिमा यी धार्मिक क्षेत्रमा कम्तीमा पनि दुई पटक मेला तथा जात्रा लाग्ने गर्दछ ।

सुदूरपश्चिमका पहाडी क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार र यी क्षेत्रमा पूर्वाधारको विकास नहुँदा पर्यटक भित्र्याउन समस्या हुँदै गएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन कलेलले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : ४७ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको