सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक « Khabarhub

सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– ठूला चाड दशैँ, तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक छाएको छ । कात्तिक शुक्ल पक्षमा सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला तथा डोटीमा रहेका शक्तिपिठ तथा मन्दिरमा जात्रा लाग्ने भएकाले जात्राको रौनक छाएको छ ।

कात्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यहाँका विभिन्न शक्तिपिठ तथा मन्दिरमा जात्रा लाग्ने गर्दछ । कात्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा कात्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहिआएको स्थानीय बूढापाका बताउँछन् । जात्राका लागि अहिले सुदूरपश्चिमका सबै जिल्लासँगै जात्रामा दर्शन गर्नका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने क्रम शुरु भइसकेको छ ।

यहाँका विभिन्न शक्तिपिठमा लाग्ने जात्रामा दर्शन गर्नका लागि अहिले तराईका जिल्लाबाट पहाड आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख मोहनसिंह धामीले बताए । डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपिठ ठुलाकेदार, मसानी, शैलेश्वरी, सालमुनीलगायतका मन्दिरमा जात्राको तयारी भइरहेको छ । त्यस्तै डोटीको जोरायल गाउँपालिका–५ गड्सेरास्थित मसानी जात्रा, डडेल्धुराको उग्रतारा, भागेश्वरलगायतका अन्य मन्दिरमा कात्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।

ठूलाकेदार जात्राको दर्शनका लागि पनि सुदूरपश्चिम प्रदेशका सबै जिल्लासँगै भारतको उत्तराखण्ड, उत्तर प्रदेशलगायतबाट पनि भक्तजन आउने गरेका बडीकेदार गाउँपालिकाका स्थानीय खड्कबहादुर बोहराले बताए ।

उक्त ठूलाकेदार जात्रा आउँदो मङ्सिर ५ गते चर्तुर्थीका दिन हुने भएको छ । राष्ट्रकै सातौँ धामको रुपमा रहेको दार्चुलाको मालिकार्जुन धाम, लटिनाथलगायतका मन्दिरमा पनि जात्रा लाग्ने भएपछि दार्चुला क्षेत्रमा पनि चहलपहल बढेको मालिकार्जुन क्षेत्रका मुखिया रुद्र धामीले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । वर्षभरिमा यी धार्मिक क्षेत्रमा कम्तीमा पनि दुई पटक मेला तथा जात्रा लाग्ने गर्दछ ।

सुदूरपश्चिमका पहाडी क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार र यी क्षेत्रमा पूर्वाधारको विकास नहुँदा पर्यटक भित्र्याउन समस्या हुँदै गएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन कलेलले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : ४७ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति