प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु  « Khabarhub

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गर्दै सम्भव भएसम्म तत्काल समस्या समाधान गर्ने आश्वासन दिएका छन् । 

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले गण्डकी प्रदेशका सांसदहरूसँग उनीहरूको क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका थिए । 

त्यस क्रममा शाहले ३ घण्टा प्रदेशका १५ सांसदसँग छलफल गरेको नवलपरासी बर्दघाट सुस्ता पूर्व–१ बाट निर्वाचित सांसद राजेन्द्र गौतमले बताएका छन् । 

‘गण्डकीबाट हामी १८ जना निर्वाचित सांसद छौँ । ३ जना मन्त्री ज्यूहरू व्यस्तताका कारण बैठकमा सहभागी हुन सक्नुभएन । प्रधानमन्त्रीसँग हामी १५ जनाले ३ घण्टा  छलफल गर्‍यौँ,’ गौतमले भने । 

उनका अनुसार छलफलमा शाहले सांसदसँग समस्यासँगै समाधानका विकल्पसहित सुझाउन अनुरोध गरेका थिए ।

प्रधानमन्त्री आफूले सम्बोधन गर्न भन्दा पनि सबै सांसदका कुरा सुनिरहेको उनले बताए । 

‘प्रधानमन्त्रीले सांसदले आफ्नो क्षेत्रमा भएका समस्या बताउँदै गर्दा सुनिरहनुभयो । उहाँको सचिवालयले भने ती समस्या सबै टिपोट गर्दै हुनुहुन्थ्यो,’ उनको भनाइ छ । 

त्यस क्रममा आफूले जनताको चाहनाअनुरूप जिल्लाको नाम नवलपरासी बर्दघाट सुस्ता पूर्व भएकोमा नवलपुर कायम गर्ने विषय उठान गरे । 

‘जिल्लाको नाम नवलपुर कायम गर्दै विकासका योजना र अलपत्र आयोजनाका विषय उठान गरेँ । अन्य सांसदहरूले पनि जनताका गुनासो र आफ्नो क्षेत्रबारे यस्तै कुरा गर्नुभयो,’ उनले भने । 

यस्तै, स्याङ्जा–२ बाट निर्वाचित सांसद झबिलाल डुम्रेले भने नदीजन्य उत्खनन् तथा संरक्षण, भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, लगायतका विषय बुँदागत रुपमा समस्या र समाधानबारे बताए । 

‘लामोसमयदेखि पश्चिम नेपाल र राजधानी जोड्ने मुख्य 

सिद्धार्थ राजमार्ग

प्रभावकारी स्तरोन्नतिले स्याङ्जा, पाल्पा, रुपन्देही, कपिलवस्तु र कास्की जिल्लाको आर्थिक विकास तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ,’ उनले भने ।

यसअघि प्रधानमन्त्री शाहले कोशी, सुदूरपश्चिम, कर्णाली प्रदेशका सांसदसँग छलफल गरेका थिए ।

उनीहरूको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले ‘जनचाहना अनुरूप काम गर्नुपर्छ । तपाईँहरूले उठान गरेको विषय तत्काल समाधान गर्न सकिनेलाई छिटो भन्दा छिटो समाधान गरिनेछ’ भन्दै विश्वस्त पारेको उनले सुनाए । 

अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र गण्डकी प्रदेशको तनहुँ र गोरखाबाट निर्वाचित भएका हुन । यस्तै, कास्की–१ बाट निर्वाचित खडकराज (गनेश) पौडेल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ५ : ५७ बजे

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या

वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक

काठमाडौं – वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको