महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला « Khabarhub

महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बैतडी– महाकाली नदीमा बेपत्ता भएका  बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द चार दिनपछि मृतावस्थामा फेला परेका छन् ।
 
चन्द गत मङ्गलबार बिहान ११ः३० बजेतिर महाकाली नदीमा नुहाउने क्रममा हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए । 

चन्दको शव महाकाली नदीकिनारमा भारतीय क्षेत्रमा आज फेलापरेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जङ्गबहादुर कुँवरले  बताए । 

भारतको चम्पावत जिल्लाको डुङ्गालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदीकिनारमा चन्दको शव फेलापरेको हो । यो क्षेत्र पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टि रहेको बताइएको छ । 

महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समेत सहकार्य गरिएको थियो । एसएसबीको टोलीले नै उनको शव फेलापारेको जनाएको छ । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ७ : १८ बजे

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट

सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २०