जनकपुरधामका १२ होटललाई स्तरोन्नतिको प्रमाणपत्र « Khabarhub

जनकपुरधामका १२ होटललाई स्तरोन्नतिको प्रमाणपत्र


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले तोकेको मापदण्ड तथा खाद्य स्वच्छता कायम गर्ने जनकपुरधामका १२ वटा विभिन्न होटल तथा रेष्टुरेन्टलाई स्तरोन्नतिको प्रमाणपत्र प्रदान गरेको छ ।

साथै ती होटल तथा रेष्टुरेन्टहरूले प्राप्त गरेको स्तरीकरणको प्राप्तांक नम्बर एवं लोगोसहित हरियो स्टिकर प्रदान गरेको कार्यालय प्रमुख विमल दाहालले जानकारी दिए ।

यसरी स्तरोन्नतिको प्रमाणपत्र प्राप्त गर्ने होटलहरूमा मिथिला यात्री निवास जनकपुरधाम–६, होटल सुपा प्रालि जनकपुरधाम–९, जानकी स्टार होटल प्रालि जनकपुरधाम–८, होटल रामा प्रालि जनकपुरधाम–१, होटल अरिपन प्रालि जनकपुरधाम–२, अजन्नी सुइट प्रालि जनकपुरधाम–८, होटल सिटी पार्क जनकपुरधाम–९, होटल मिस्टिक मिथिला प्रालि जनकपुरधाम–२, होटल सीताशरण प्रालि जनकपुरधाम–२३, होटल वेलकम प्रालि जनकपुरधाम–२, मिथिला थाली प्रालि जनकपुरधाम–८ तथा मैथिल थाल प्रालि जनकपुरधाम–७ रहेको कार्यालयले जनाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी उमेश दाहाल एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमल दाहाललगायतका पदाधिकारीहरूको टोलीले ती होटललाई स्तरोन्नतिको प्रमाणपत्र प्रदान गरेका थिए। 

साथै ती होटलका रेष्टुरेन्टमा हरियो स्टिकर टाँस गरिएको बताइएको छ । सो टोलीले होटलहरूका रेष्टुरेन्ट तथा भान्सा कोठाहरूको अनुगमन तथा निरीक्षणका साथै सरसफाइबारे जानकारी लिएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको होटलका रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ को अनुसूची १ को खाद्य स्वच्छताका आधारमा आवश्यक अनुगमन निरीक्षणपश्चात ती होटलको स्तरीकरण मूल्यांकन गरिएको थियो । 
 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ६ : ५० बजे

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका