सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाइएको छ । 

श्रम संस्कृति पार्टीका महासचिवसमेत रहेका खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले राईले आज सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर जिल्लाको शान्ति, सुरक्षासम्बन्धी समस्या तत्काल समाधान गरी आमनागरिकको डरत्रासमुक्त भएर बाँच पाउने अधिकार सुनिश्चित गरिदिन आग्रह गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन्।

गृहमन्त्री गुरुङको कार्यकक्षमा पुगेर बुझाइएको ज्ञापनपत्रमा केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालित इलाका प्रहरी कार्यालय, छितापोखरी र भडाँरेघाटमा सञ्चालित अस्थायी प्रहरी चौकी भवन निर्माण गरिदिन माग गरिएको छ । 

जिल्लाका सबै अस्थायी प्रहरी चौकीलाई स्थायी गराउन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–७ सुङ्देलमा स्थायी प्रहरी चौकी स्थापनाका लागि तत्काल पहल गरिदिन माग गरिएको सांसद राईले जानकारी दिए । 

जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा सञ्चालित सशस्त्र प्रहरी बलको बेस क्याम्प हटाउने नेपाल सरकारको निर्णयसमेत रोक्न ज्ञापनपत्रमा अनुरोध गरिएको छ । चिसापानीमा सञ्चालित सशस्त्र प्रहरी बलको बेस क्याम्प हटाउने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको सशस्त्र प्रहरी बल नेपाल नं ७ गुल्म, हलेसीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

नागरिकलाई सबैभन्दा पहिले शान्ति, सुरक्षा प्रत्याभूति दिलाउन गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाइएको सदस्य राईले बताए। 

‘नागरिकले आफू सुरक्षित छु भन्ने महसुस गरेपछि मात्र अन्य विषयको अपेक्षा गरेका हुन्छन् । त्यसैले सबैभन्दा पहिले सुरक्षासँग सम्बन्धित समस्या समाधान गरिदिन गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको छु । उहाँले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ’, उनले भने, ‘अब अरु विषयगत मन्त्रालय पुगेर जिल्लाका सबै समस्या राख्नेछु । पार्टीको नीतिअनुसार ज्ञापनपत्र बुझाउन सुरु गरेको छु । बाँकी मन्त्रालयमा चाँडै ज्ञापनपत्र बुझाउनेछु ।’

प्रधानमन्त्री वालेन्द्र शाहले यही चैत १६ गते सांसदहरूसँग राखेकाे छलफलमा श्रम संस्कृति पार्टीका कोही पनि सांसद सहभागी भएका थिएनन् । हर्कराज राई ‘हर्क साम्पाङ’ले नेतृत्व गरेको श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी सात जना सदस्य निर्वाचित भएका छन् ।

पार्टीको नीतिअनुसार प्रधानमन्त्रीले बोलाउनुभएको सांसदको भेलामा आफूहरू नगएको महासचिव राईले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय बाक्सिला बजार तथा अस्थायी प्रहरी चौकीहरू छितापोखरी र भँडारेघाट जीर्ण भवनमा सञ्चालन हुँदै आएका छन् । दश स्थानीय तह रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, चारवटा इलाका प्रहरी कार्यालय ९क०, दुईवटा इलाका प्रहरी कार्यालय ९ख०, १९ वटा स्थायी प्रहरीचौकी र १० वटा अस्थायी प्रहरी चौकी सञ्चालनमा छन् । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ०५ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी