सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ « Khabarhub

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले नेपाली सेना, प्रहरी लगायत राज्यका सबै सुरक्षा निकाय र निजामती प्रशासनसँग पार्टीको सम्बन्ध पूर्ववत् मित्रवत् रहेको बताएको छ।

एमालेको सचिवालय बैठकले राज्यका यी अंगसँग भविष्यमा पनि थप सुदृढ बनाइने स्पष्ट गरेको छ ।

बैठकले बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले गरेको सम्बोधनमाथि गम्भीर छलफल गर्दै यो धारणा सार्वजनिक गरेको हो । बादलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सेना र कर्मचारीसहितले चुनाव जिताइदिएको बताएपछि विवाद भएको थियो ।

‘मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ’, एमालेले भनेको छ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ३० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा