फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा « Khabarhub

फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ मा फोहर प्रशोधन केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको हो ।

नगरप्रमुख यज्ञप्रसाद ढकालले भेरीगङ्गा, लेकबेँसी तथा गुर्भाकोट नगरपालिकाको फोहरलाई एकै ठाउँमा राखेर प्रशोधन गर्न यो केन्द्र निर्माण गएिको जनाउँदै हालसम्म भेरीगङ्गासँग लेकबेँसी नगरपालिकाले मात्र सम्झौता गरेको बताए । उनका अनुसार भौतिक संरचना निर्माणको काम पूरा भएको छ ।

निर्माण भएका भवनमा पानी तथा बत्ती, पर्खाललगायत केही संरचना बनाउन बाँकी रहेको प्रमुख ढकालले बताए । उनले भने, ‘भौतिक पूर्वाधार तथा सडकको काम भए पनि अब कुहिने र नकुहिने फोहरलाई प्रशोधन गर्ने उपकरण खरिद गर्ने रकम नहुँदा समस्या भएको छ । प्रदेश सरकारले सुरुमा सहयोग गरेको थियो । अहिले नगरपालिकाले एक्लै काम गर्नुपर्दा समस्या भएको छ ।’

भेरीगङ्गा–१२ स्थित रामजानकी सामुदायिक वनमा प्रशोधन केन्द्र छ । बीस रोपनी जग्गामा उक्त संरचना निर्माण गरिएको हो । २०७९ साल चैतमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण सुरु भएको नगरप्रमुख ढकालले जानकारी दिए । फोहर व्यवस्थापन र प्रशोधन गरी ग्यास उत्पादन गर्ने योजनासमेत रहेको उनको भनाइ छ ।

उनले फोहरलाई मोहर बनाउन प्रशोधन केन्द्र निर्माण थालिएको बताउँदै फोहरलाई व्यवस्थापन गर्दै यसबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

प्रशोधन केन्द्रसम्म पुग्ने पहुँचमार्ग निर्माणलगायतका काम सकिएको नगरपालिकाले जनाएको छ । अन्य संरचना निर्माणसमेत भइसकेका छन् । केन्द्र निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आवमा उक्त आयोजनाको निरन्तरताका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले ४९ लाख ५० हजार बजेट छुट्याएर काम गरेको थियो ।

सडक, पानीलगायत पूर्वाधार निर्माणका लागि गत वैशाख २४ गते सौरव निर्माण सेवासँग ९९ लाख ९८ हजार ३५३ मा बाँकी रहेको कामले निरन्तरता पाएको नगरप्रमुख ढकालले जानकारी दिए । आगामी असार १५ गतेसम्ममा काम पूरा गर्ने सम्झौतामा उल्लेख छ । फोहरलाई व्यवस्थापन गर्दै फोहरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । (रासस)

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ६ : ४७ बजे

सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म

ओली-लेखकको हिरासत बसाइ लम्बियो, थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन

काठमाडौं– ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै

कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार