गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सनः चार दिनमा २२६ जना बिचौलिया पक्राउ « Khabarhub

गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सनः चार दिनमा २२६ जना बिचौलिया पक्राउ


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङको सक्रियतासँगै प्रहरीले चार दिनमा २२६ जना बिचौलिया पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाबाट प्रहरीले चैत १८ गते ६९, १९ गते ७१, २० गते २४ र २१ गते ६२ जना पक्राउ गरेको हो ।

सार्वजनिक तथा सरकारी कार्यालय आसपासमा अनुमति नलिइकन अवैध ढंगले बिचौलीकाको काम गर्न कार्यालय नै स्थापना गरेका र डुलुवाका रुपमा बिचौलिया बनेकामाथि निगरानी बढाउँदै प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उपत्यकाबाट चैत १८ गते ५१ जनालाई पक्राउ गरेर एक्सन सुरु गरेको हो । काठमाडौँका विभिन्न बस काउन्टरसँगै ललितपुर र भक्तपुरबाट पक्राउ गरेको हो ।

कोशी प्रदेशबाट चैत १८ गते १८ जना नै पक्राउ परेका छन् । सुनसरी मालपोतबाट १३ र यातायातबाट पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

चैत १९ गते झापा यातायातबाट एक र मधेश प्रदेशको पर्सा यातायातबाट तीन र सप्तरी मालपोतबाट चार गरेर सात जना पक्राउ गरेको हो ।

बागमतीको चितवन मालपोतबाट २३ जनालाई पक्राउ गरेको प्रहरीले गण्डकी प्रदेश कास्कीबाट दुई र कर्णालीको सुर्खेत मालपोतबाट १९ जनालाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर मालपोत र जिल्ला प्रशासनबाट १९ जना पक्राउ परेका छन् ।

चैत २० गते गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट प्रहरीले २४ जनालाई पक्राउ गरेको भने शनिबार मात्र काठमाडौँ उपत्यकाबाट ६२ जनालाई पक्राउ गरेको छ । चार दिनमा प्रहरीले २२६ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १० : २७ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि