एभीसी खेल्ने महिला भलिबल टोलीको घोषणा « Khabarhub

एभीसी खेल्ने महिला भलिबल टोलीको घोषणा


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ ।

बंगलादेशमा आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपाल भलिबल संघले मंगलबार अरुणा शाहीको कप्तानीमा १२ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।

थाइल्याण्ड भ्रमणको दौरान खेलाडीले गरेको प्रदर्शनको आधारमा नेपाली टिम छनोट गरिएको भलिबल संघले जनाएको छ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र एभीसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली महिला टोलीले झन्डै एक महिना थाइल्याण्डमा प्रशिक्षण गरेर सोमबार मात्रै स्वदेश फर्किएको हो ।

एभीसी सेन्ट्रल जोन कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा चल्नेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्किमिनिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टिम : अरुणा शाही (कप्तान), प्रतिभा माली,सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  २ : ५६ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच