डा. गौतमको अध्यक्षतामा नेपाल आयुर्वेद चिकित्सक संघको नयाँ कार्यसमिति निर्वाचित  « Khabarhub

डा. गौतमको अध्यक्षतामा नेपाल आयुर्वेद चिकित्सक संघको नयाँ कार्यसमिति निर्वाचित 


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयुर्वेद चिकित्सक संघमा डा. शंकर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । 

२० र २१ चैतमा काठमाडौंमा सम्पन्न संघको ११ राष्ट्रिय सम्मेलनबाट डा. गौतमको अध्यक्षतामा २५ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । सम्मेलनले वरिष्ठ उपाध्यषमा डा. रमेश पौडेल, महिला उपाध्यक्षमा डा. सिर्जना श्रेष्ठलाई निर्वाचित गरेको छ । 

यस्तै, शक्तिशाली मानिने महासचिव पदमा डा. ऋषिकेशव भुसाल, सचिवमा डा. दिपक मण्डल, कोषाध्यक्षमा डा. सिजन कोजु निर्वाचित भएका हुन् ।

प्रादेशिक उपाध्यक्षमा कोशीमा डा. विजयकुमार सिंह, मधेसमा डा. शिवनारायण गुप्ता, बागमतीमा डा. देवेन्द्रकुमार यादव, गण्डकी डा. नगेन्द्र लामिछाने, लुम्बिनीमा डा. कैलाश न्यौपाने, कर्णालीमा डा. सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा. हिमाल भट्ट निर्वाचित भए । 

सदस्यहरूमा डा. सदिक्षा पन्त, डा. प्रशान्त श्रेष्ठ, डा. सरोजराय यादव, डा.नवराज जोशी, डा.सन्तोष खनाल, डा. राजन ज्ञवाली, डा. योगेश ढकाल, डा. सुजित कर्ण, डा. प्रज्ञा पौडेल र डा. केशव न्यौपाने विजयी भए । कोशी गण्डकी र लुम्बिनी प्रदेशका उपाध्यक्ष र केही सदस्यहरु निर्विरोध भएका थिए भने अन्य सबै पदाधिकारी र सदस्यहरूमा निर्वाचन भएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १ : ४० बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब