रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने « Khabarhub

रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई निः शुल्क शिक्षा दिन लागिएको हो । 

नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार विद्यालयलाई अपुग रकम नगरपालिकाले उपलब्ध गराएर निःशुल्क शिक्षा दिन लागिएको हो । 

नगरपालिकाले माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन गर्न सुझाव समिति बनाएर अध्ययन गरेको थियो । 

समितिले दिएको प्रतिवेदनअनुसार नगरपालिकाले अहिलेको विद्यार्थी सङ्ख्यालाई आधार मानेर निःशुल्क गर्दा वार्षिक रु दुई करोड ४० लाख हाराहारी थप खर्च हुने जनाएको छ । 

प्रमुख सापकोटाका अनुसार निःशुल्क शिक्षाको व्यवस्था  गर्दा एक विद्यार्थीलाई थप दुई हजार ५०० रुपैयाँ हाराहारी खर्च हुने प्रारम्भिक अनुमान छ । 

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि यो खर्च थप गर्न लागिएको हो । यसअघि नै आधारभूत तहमा निःशुल्क गरिएको थियो । 

शिक्षक र कर्मचारीको तलबबाहेक विद्यालय सञ्चालनका लागि वार्षिक रु दुई करोड ४० लाख खर्च लाग्ने समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । 

यस नगरपालिकामा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दुई हजार १६७ रहेको छ । विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिने गरी निःशुल्क शिक्षा घोषणा गर्न लागिएको हो । 

समितिका संयोजक जगन्नाथ अधिकारीले अझै थप छलफल गर्न लागिएको बताए । 

सबै विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी एक विद्यालयलाई आवश्यक पर्ने थप रकम के कति हो सङ्कलन गरी नगरपालिकाले थप गर्नुपर्ने रकमको टुङ्गो लगाइने छ । उनका अनुसार केही रकम बढ्न सक्ने देखिन्छ । 

नगरपालिकामा कक्षा ९ देखि १२ सम्मका २७ विद्यालय छन् । हाल विद्यालयहरूले भर्ना शुल्क, परीक्षा शुल्क र अतिरिक्त कक्षाका लागि आवश्यक पर्ने खर्च विद्यार्थीबाट लिँदै आएका छन् । 

माध्यमिक तहमा निः शुल्क शिक्षाको व्यवस्था गर्दा १५ थप शिक्षक आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । ती शिक्षकको पारिश्रमिक नगरपालिकाले दिनुपर्ने हुन्छ । 

माध्यमिक तहमा स्थानीय सरकारले कार्यविधि बनाएर निःशुल्क घोषणा गर्न पाउने संविधानमा उल्लेख भएअनुसार रत्ननगर नगरपालिकाले संविधानको धारामा टेकेर निःशुल्क शिक्षा लागू गर्न लागेको हो । 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ७ : ०९ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई