पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो « Khabarhub

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि शुक्रबार बिहान हिंसात्मक प्रदर्शन भएको छ।

अगमकुआँ थाना क्षेत्रको जीरो माइल नजिक तीव्र गतिमा रहेको बसको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले आगजनी र तोडफोड गरेका हुन्।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनापछि प्रदर्शनकारीहरूले दुर्घटनामा संलग्न बसमा आगजनी गरेका थिए। आगो निभाउन पुगेको दमकल टोलीलाई पनि भीडले रोक्दा अवस्था थप तनावग्रस्त बनेको थियो।

प्रदर्शनका क्रममा प्रहरीका सवारीसाधन, बस, मोटरसाइकललगायत करिब १० वटा सवारीसाधनमा आगजनी गरिएको छ। सडक किनारमा पार्क गरिएका केही मोटरसाइकलसमेत जलाइएका छन्। साथै, जीरो माइलस्थित ट्राफिक प्रहरी चौकीमा पनि आगो लगाइएको छ।

आक्रोशित भीडले राष्ट्रिय राजमार्ग (एनएच–३०) अवरुद्ध गरेपछि दुवैतर्फ लामो सवारी जाम भएको थियो। घटनास्थलमा समाचार संकलन गर्न पुगेका केही पत्रकारमाथि पनि हातपात भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्थिति नियन्त्रणमा लिन ९ वटा प्रहरी कार्यालयबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। वरिष्ठ प्रहरी अधिकारीसहितको टोलीले भीडलाई नियन्त्रणमा लिएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको बताइएको छ।

पटना प्रहरीले दुर्घटना र त्यसपछिको हिंसात्मक घटनाको अनुसन्धान सुरु गरेको छ। आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न घटनास्थल आसपासका सीसीटीभी फुटेजको अध्ययन भइरहेको जनाइएको छ।

पटना प्रहरीका सहायक प्रहरी अधीक्षक (एएसपी) राजकिशोर सिंहका अनुसार सडक पार गर्ने क्रममा युवकलाई तीव्र गतिमा आएको सवारीसाधनले ठक्कर दिएको थियो।

दुर्घटनापछि उत्पन्न तनाव अहिले नियन्त्रणमा रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताएका छन्। साथै, आगजनी भएको बसमा त्यसबेला यात्रु थिए वा थिएनन् भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  २ : २१ बजे

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली