लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस « Khabarhub

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकमा दुई वटा विधेयक पेस भएका छन् । 

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरे । 

उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको सभामुख तुलाराम घर्ती मगरले बैठकलाई जानकारी गराए । 

यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक पेस गरे । 

यसअघि आजको बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले गत भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन र दोषीउपर कारबाही हुनुपर्ने माग गरेका छन् । 

प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले भदौ २३ र २४ गतेका आन्दोलनलाई सही रूपमा नबुझिए मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताए । 

सदस्य विष्णुप्रसाद पन्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरे । 

यस्तै, प्रदेशसभा सदस्य भण्डारीलाल अहिर, हेमा बेल्वासे, अनुराग खड्का, मीनाकुमारी श्रेष्ठ, चन्द्रकेश गुप्ता, दीपेन्द्र पुन र बसिउद्दिन खाँले विविध विषयमा सरकार तथा सभाको ध्यानाकर्षण गराएका थिए । 
 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ७ : २५ बजे

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी

एमालेले पारित गर्‍यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि

काठमाडौं– नेकपा एमालेले सांसदहरूले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको