एमाले सांसद रेखा शर्मा रिहा « Khabarhub

एमाले सांसद रेखा शर्मा रिहा


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा भएकी छन् । आइतबार जिल्ला अदालत काठमाडौंले शर्मालाई थुनामै राखिरहन आवश्यक आधार नदेखिएको निष्कर्ष निकाल्दै रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश जगत पौडेलको इजलासले यसअघि नै सरकारी वकिलबाट मुद्दा नचलाउने निर्णय भइसकेको विषयलाई मुख्य आधार मानेको छ । अदालतले आफ्नो आदेशमा प्रस्तुत प्रमाणहरूबाट शर्मामाथि लगाइएका ‘बालिकालाई दास बनाएको’ जस्ता गम्भीर आरोप पुष्टि हुने स्पष्ट आधार नदेखिएको उल्लेख गरेको छ।

साथै, पीडित भनिएकी बालिकाको पढाइ नियमित रूपमा चलिरहेको र शर्माले संरक्षकको भूमिका निर्वाह गरेको तथ्य मिसिलबाट देखिएको पनि अदालतले जनाएको छ।

यसअघि महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते नै उक्त मुद्दा नचलाउने निर्णय गरिसकेको थियो। तर त्यसपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नेतृत्वको पहलमा शर्मालाई पुनः पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको थियो। अब अदालतको आदेशसँगै शर्मा थुनामुक्त भएकी छन् र उनीमाथि थप अनुसन्धान भने खुला अवस्थामा अघि बढ्नेछ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ८ : ४३ बजे

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी

एमालेले पारित गर्‍यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि

काठमाडौं– नेकपा एमालेले सांसदहरूले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको