अमेरिकी रिपोर्ट– भारतीय आतंकवादीको ‘मुख्य कार्यक्षेत्र’ बन्दै नेपाल ! « Khabarhub

अमेरिकी रिपोर्ट– भारतीय आतंकवादीको ‘मुख्य कार्यक्षेत्र’ बन्दै नेपाल !


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकाले आफ्नो एक अध्ययन प्रतिवेदनमा नेपालमा मुजाहिद्दीन आतंकवादको खतरा रहेको औंल्याएको छ ।

सन् २०१८ मा गरिएको आतंकवादी अध्ययन प्रतिवेदन (कन्ट्री रिपोर्ट अन् टेरोरिज्म २०१८) मा अमेरिकाले नेपालमा इन्डियन मुजाहिद्दीनबाट खतरा रहेको औंल्याएको हो ।

आतंकवादी संगठनबारे गरिएको विश्लेषणमा इन्डियन मुजाहिद्दीनले नेपालमा आफ्नो ‘अपरेशन एरिया’ विस्तार गरेको उल्लेख छ ।

‘इन्डियन मुजाहिद्दीन (आईएम)ले नेपालमा पनि आफ्नो अपरेशन क्षेत्र विस्तार गरेको छ, जुन आईएमका गतिविधिका लागि अहिले सबैभन्दा ठूलो क्षेत्र (हब) बनेको छ ।’

अमेरिकाले नेपालको सुरक्षा व्यवस्थाबारे विश्लेषण गर्दै जुनसुकै बेला पनि आतंकवादी आक्रमण हुनसक्ने उल्लेख गरेको छ ।

अमेरिकाले आफ्नो रिपोर्टमा लेखेको छ, ‘नेपालमा विमानस्थलको सुरक्षा व्यवस्था कमजोर र अपर्याप्त छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई प्रि–स्क्रिन गरिँदैन । विमानस्थलमा ल्याण्ड हुने यात्रुहरुको तथ्याङ्क कुनै पनि डाटाबेसमा राखिँदैन । यात्रुहरुको भौतिक जाँच गर्ने प्रणाली झारा टार्ने खालको मात्रै छ । ट्राभल डकुमेन्टहरुको सुरक्षा छैन, डकुमेन्टहरुको परीक्षणका लागि अल्ट्राभायोलेट लाइटको अभाव छ ।’

अमेरिकाले भारतसँगको खुला सीमामा पनि सुरक्षा व्यवस्थापन एकदमै कमजोर रहेको उल्लेख गरेको छ ।

‘१ हजार माइलको खुला सीमामा थोरै मात्रै चेक प्वाइन्टहरु छन्, त्यहाँ पनि पर्याप्त सुरक्षा नियन्त्रण छैन,’ अमेरिकाले आफ्नो रिपोर्टमा भनेको छ, ‘जस्तै एउटा चेक प्वाइन्टमा १ जना मात्रै अध्यागमन अधिकारी (इमिग्रेसन अफिसर) हुन्छन्, जसका कारण अधिकांश मानिसहरु विनाकुनै रोकावट र सुरक्षा जाँचविनै नेपाल प्रवेश गर्न र बाहिरिन सक्छन् ।’

अमेरिकाले सन् २०१८ भर नेपालमा कुनै आतंकवादी गतिविधि नभएको उल्लेख गरेको छ । यद्यपि, सन् २०१७ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका बेला केही ठाउँमा विप्लव समूहले स–साना बम विस्फोट गराएको घटनालाई अमेरिकाले प्रतिवेदनमा समेटेको छ ।

अमेरिकाले हरेक वर्ष विश्वमा आतंकवादको स्थितिबारे रिपोर्ट तयार पारी सार्वजनिक गर्ने गर्छ ।

हेर्नुहोस् पूर्ण प्रतिवेदन,

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ४ : ५७ बजे

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्ने : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको