संसद्को दुवै सदनको बैठक आज : प्रधानमन्त्री बालेन राष्ट्रिय सभामा उपस्थित हुँदै, के छ कार्यसूची ? « Khabarhub

संसद्को दुवै सदनको बैठक आज : प्रधानमन्त्री बालेन राष्ट्रिय सभामा उपस्थित हुँदै, के छ कार्यसूची ?


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

चैत १३ गते प्रधानमन्त्री बनेका बालेन पहिलो पटक राष्ट्रिय सभामा उपस्थित हुन लागेका हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ५ : ३१ बजे

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित