नेपाल आए बलिउड अभिनेता गोविन्दा, निरुता पनि आइन् « Khabarhub

नेपाल आए बलिउड अभिनेता गोविन्दा, निरुता पनि आइन्


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल उत्रिएका छन् । वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागिता जनाउन उनी म‌ंगलबार नेपाल उत्रिएका हुन् ।

गोविन्दासँगै उनकी पत्नी सुनिता आउजा पनि नेपाल आएकी छिन् । यस्तै नायिका निरुता सिंह पनि सँगसँगै नेपाल आएकी छिन् । निरुता सिंह केही वर्षयता भारत बस्दै आएकी छिन् ।

मंगलबार त्रिभुवन विमानस्थलमा ओर्लिएका गोविन्दाले पत्रकारसँग कुराकानी गर्दै पुन: नेपाल आउन पाएकोमा खुशी व्यक्त गरे । गतवर्ष उनी राजधानीमा भएको सम्पन्न भएको ‘एलजी सिने अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनले त्यतिबेला पनि नेपाल आफू नेपाल आउन पाउँदा खुशी लागेको बताएका थिए ।

गोविन्दाले महोत्सवका लागि आफूले निमन्त्रणा पाउँदा खुशी लागेको बताए । साथै उनले महोत्सवमा अतिथिको भूमिका निभाउने पनि बताए ।

वीरगञ्जमा हुन लागेको ४ दिने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बाक्लो उपस्थिति रहने जनाइएको छ । २१ गतेदेखि शुरु हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

कार्यक्रममा बलिउड अभिनेता गोविन्दाले पनि प्रस्तुति बताइएको छ । योसँगै वीरगञ्ज केही दिन महोत्सवमय बन्ने भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ५ : २३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका