नेपाल आए बलिउड अभिनेता गोविन्दा, निरुता पनि आइन् « Khabarhub

नेपाल आए बलिउड अभिनेता गोविन्दा, निरुता पनि आइन्


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल उत्रिएका छन् । वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागिता जनाउन उनी म‌ंगलबार नेपाल उत्रिएका हुन् ।

गोविन्दासँगै उनकी पत्नी सुनिता आउजा पनि नेपाल आएकी छिन् । यस्तै नायिका निरुता सिंह पनि सँगसँगै नेपाल आएकी छिन् । निरुता सिंह केही वर्षयता भारत बस्दै आएकी छिन् ।

मंगलबार त्रिभुवन विमानस्थलमा ओर्लिएका गोविन्दाले पत्रकारसँग कुराकानी गर्दै पुन: नेपाल आउन पाएकोमा खुशी व्यक्त गरे । गतवर्ष उनी राजधानीमा भएको सम्पन्न भएको ‘एलजी सिने अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनले त्यतिबेला पनि नेपाल आफू नेपाल आउन पाउँदा खुशी लागेको बताएका थिए ।

गोविन्दाले महोत्सवका लागि आफूले निमन्त्रणा पाउँदा खुशी लागेको बताए । साथै उनले महोत्सवमा अतिथिको भूमिका निभाउने पनि बताए ।

वीरगञ्जमा हुन लागेको ४ दिने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बाक्लो उपस्थिति रहने जनाइएको छ । २१ गतेदेखि शुरु हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

कार्यक्रममा बलिउड अभिनेता गोविन्दाले पनि प्रस्तुति बताइएको छ । योसँगै वीरगञ्ज केही दिन महोत्सवमय बन्ने भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ५ : २३ बजे

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा