फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’ « Khabarhub

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा आफू र आफ्ना साझेदारहरू जग्गाधनीबाट ठगिएको बताएका छन् । सोमबार सचिवालयमार्फत एक भनाइ सार्वजनिक गर्दै मन्त्री गुरुङले जग्गा भाडामा लिँदा वास्तविक तथ्य लुकाएर आफूहरूलाई झुक्याइएको दाबी गरेका हुन् ।

सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको मापदण्डभित्रका संरचना हटाउने अभियान चलिरहेका बेला गृहमन्त्री आफैँले लिजमा लिएको जग्गा पनि अतिक्रमणभित्रै परेको खुलेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् । गुरुङले जग्गाधनीले मापदण्डभित्र पर्ने तथ्य लुकाएर ‘लिज’ मा दिएको भन्दै अब कानुनी उपचार खोज्ने बताएका छन् ।

आजभन्दा करिब ८–१० वर्षअघि गुरुङसहित तीन युवा उद्यमी मिलेर फेवाताल किनारमा ‘एडभेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाएका थिए । “देशमै केही गरौँ भन्ने हुटहुटीका साथ ठूलो लगानी र सपना बोकेर काम सुरु गरेका थियौँ,” मन्त्री गुरुङको सचिवालयले भनेको छ, “जग्गा भाडामा लिनुपूर्व जग्गाधनीले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए, लालपुर्जामा पनि जग्गा सुरक्षित देखाइएको थियो ।”

पछि नगरपालिकाबाट बुझ्दा उक्त जग्गा मापदण्डभित्रै पर्ने थाहा पाएपछि आफूले नैतिकताका आधारमा निर्माण कार्य र लगानी रोकेको उनले उल्लेख गरेका छन् । “हामीलाई झुक्याएर जग्गा भाडामा दिइएको तथ्य थाहा पाउनेबित्तिकै मैले काम रोकिदिएको थिएँ,” उनले थपे, “एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि खेलबाड भयो, यो स्वीकार्य छैन ।”

मन्त्री गुरुङले आफूमाथि भएको अन्याय र ठगीविरुद्ध कडा कानुनी प्रक्रियामा जाने समेत स्पष्ट पारेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनको नाममा फेवातालमा जग्गा रहेको भन्दै आलोचना भएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १० : ०९ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश