सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : राष्ट्रियताको पक्षमा एक हौँ « Khabarhub

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : राष्ट्रियताको पक्षमा एक हौँ


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एकताबद्ध आवाज उठाउन एक हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता र प्रतिपक्षका सांसदहरूले सांसदलाई जनताको आवाज मुखरित गर्ने थलोका रूपमा विकास गरिनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले सदन, सरकार र समग्र व्यवस्थालाई समन्नुत बनाउन सभामुखले भूमिका खेल्ने विश्वास गरे । “सदनमा नयाँ अनुहार मात्रै छैन, मुलुक परिवर्तन गर्ने दृढता भएका सांसदको उपस्थिति छ । नवनिर्वाचित सभामुखको नेतृत्वमा सदनले जनअपेक्षा पूरा गर्न सकोस्”, उनले भने ।

रास्वपा सांसद मनिष झाले संसद चिया चौतरी मात्रै नभई गुरुकुल र विश्वविद्यालय हुनुपर्नेमा जोड दिँदै सांसदले जनताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । “सदनमा जनताको प्रश्नको अस्तित्व हुँदैन भने सदनमा जनता नै छिर्छन्, जुन गत भदौ २४ गते नै देख्यौँ”, उनले भने, “नवयुवा पुस्ताको विद्रोह सम्झेर सबैले दायित्व निर्वाह गर्नुहोला ।”

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सदनलाई जति प्रभावकारी बनाउन सकियो, त्यतिनै लोकतन्त्र सुदृढ हुने बताए । “लोकतन्त्रमा प्रतिपक्षको आवाज जति सशक्त र प्रभावकारी तथा रचनात्मक हुन सक्छ, त्यति नै लोकतन्त्र जीवन्त हुन्छ”, उनले भने । सांसद केसीले लोकतन्त्र वादप्रतिवाद र संवादको प्रक्रिया भएको जनाउँदै हामीभित्रको वैचारिक विविधताको कटुतालाई दुष्मनीको दृष्टिकोणले लिन नपर्ने बताए ।

उनले भने, “समग्ररूपमा हामी जे जस्तो विचार र दृष्किोण बोकेपनि सबै दलप्रति प्रतिबद्ध छौँ, तर, दलभन्दा राष्ट्रियता ठूलो हो, त्यसमा अहिले एकताबद्ध हुनुपर्ने आवश्यकता छ ।” नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐनबहादुर महरले विद्यार्थीको हकहितमा लडिरहने विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको निर्णय सच्याउन आग्रह गरे ।

विश्वका कतिपय प्रतिष्ठित विश्वविद्यालयमा समेत विद्यार्थी सङ्गठन रहेको उल्लेख गर्दै उनले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाएर सरकारले निरङ्कुशता प्रदर्शन गर्न खोजिरहेको बताए । एमाले सांसद विष्णुमाया विकले डिजिटल माध्यमबाट महिलामाथि हुने हिंसा न्यूनीकरणको योजना बनाउन सरकारको ध्यानाकर्षण गराइन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले संसद्लाई जनताको पक्षमा काम गर्ने थलोका रूपमा विकास गर्न सभामुखलाई सुझाव दिए ।

नवयुवा पुस्ताले मुलुकको अवस्था बदल्न अन्दोलन गरेको उल्लेख गर्दै उनले समाजवादोन्मुख राज्य व्यवस्था स्थापना गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले झण्डै दुईतिहाइ मत प्राप्त गरेको दलको नेतृत्वमा गठित सरकारले विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्न सक्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुस्बु वलीले एसियाली विकास बैंक र विश्व बैंकबाट सरकारले ‘डिजिटल नेपाल ट्रान्फरमेसन प्रोजेक्ट’ र ‘दिगो र समावेशी वित्त प्रयोजनका लागि’ ठूलो मात्रामा सहुलियत ऋण स्वीकार गरेको बारेमा सदनलाई जानकारी दिन माग गरिन् । रास्वपा सांसद गणेश पराजुलीले जनताको आवाज सुन्ने र सम्बोधन गर्ने प्रयासमा सरकारले कुनै कञ्जुस्याइँ गर्न नहुने बताए ।

रास्वपा सांसद निशा डाँगीले परिवर्तनको तीव्र चाहनास्वरूप जनताले रास्वपालाई अभूतपूर्व मत दिएको उल्लेख गर्दै जनताको मतको सम्मान गर्दै अघि बढ्नुपर्ने बताइन् । सोही पार्टीका सांसद राम लामाले निर्वाचनमार्फत व्यक्त जनमत राजनीतिक समर्थन मात्रै नभई उत्तरदायित्वको स्पष्ट सन्देश भएकाले जनअपेक्षा पूरा गर्न लाग्नुपर्ने बताए ।

रास्वपा सांसद खगेन्द्र सुनारले जातीय विभेदका कारण नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था अब अन्त्य गरिनुपर्ने बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  २ : ३१ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक