राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन प्रस्तुत « Khabarhub

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन प्रस्तुत


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु आयोगको आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक कार्यप्रगति, भावी कार्यक्रम, बजेट, संस्थागत संरचना, जनशक्तिलगायतका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

नेपालको संविधानको धारा २६३ मा नेपालमा एक थारु आयोग रहने व्यवस्था छ । वर्तमान अध्यक्ष चौधरीको अध्यक्षतामा विसं २०७५ चैत ७ गते आयोगको गठन भएको थियो । गठनपछि आयोगले संवैधानिक व्यवस्थाअनुरूप समावेशी र समानुपातिक सिद्धान्त कार्यान्वयन गर्ने सन्दर्भमा थारु समुदायको हकहित र अधिकारका लागि समुदायबीचमा अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्दै आएको छ ।

मुलुकको तराई÷मधेशका २४ जिल्लामा थारु समुदायको बाक्लो बसोबास रहिआएको छ । नेपालमा थारु समुदायको जनसङ्ख्या १७ लाख ३७ हजार रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : ४४ बजे

विपक्षीद्वारा पुनः सदन अवरुद्ध

काठमाडौं- नीति तथा कार्यक्रममाथि सांसदले राखेको प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम

कीर्तिपुरमा अभियुक्त समात्न प्रहरीले चलायो गोली

काठमाडौं- कीर्तिपुरमा गोली चलेको छ । प्रहरीले कीर्तिपुरमा गोली चलाएर

बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ