आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख  कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२६ अप्रिल ७ तारिख।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष :  दिन राम्रो छ । धन सञ्चित हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ । साथीको साथ मिल्नेछ ।स्वदेशी भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

वृष : सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ । राजनीतिमा साथीको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारलाई उचित सल्लाह दिन नसक्दा खटपटी बढ्नेछ । प्रेम सम्बन्धमा उतारचढाव आउनसक्ने जोखिम छ ।

मिथुन : बोल्दा सचेत बन्नुपर्नेछ । सोचेर काम अगाडि बढाएमा दीर्घकालीन योजना बन्नेछ । इज्जतका लागि धन खर्च हुनेछ । मनमा असन्तुष्टि बढ्ने योग छ । शिक्षामा ढिलासुस्ती मिल्नेछ ।

कर्कट : शत्रु बढ्नेछन् । लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

सिंह : दिन राम्रो छ । मेहिनेतको फल प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ । आज नयाँ योजनाहरु बन्नेछन् ।

कन्या : साना कुराले मन अशान्त बन्नसक्छ । सोचेको भन्दा बढी खर्च हुने भएकाले मन अशान्त बन्नेछ । परिवारबाट लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता मिल्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने भएकाले धैर्यता आवश्यक देखिन्छ । बौद्धिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा खुसी मिल्नेछ ।

तुला : नयाँ ठाउँको यात्रा तय हुनेछ । आफन्तसँगको बोली र व्यवहारमा फरक भएकाले काम गर्दा सचेत हुनुपर्नेछ । शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्नेछ । आफ्ना भनिएका साथीले कुरा काट्ने भएकाले गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।

वृश्चिक :  आज नयाँ अवसर प्राप्त हुने योग छ । बिहान उठेर सूर्य र पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ । परिवारमा मेलमिलाप हुनेछ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले सोचेका काम बन्नेछन् । व्यापारमा नाफा हुनेछ ।

धनु : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । विपक्षी ठानेका साथीको साथ र सहयोग प्राप्त हुनेछ । राज्यका अंगमा नोकरी भए बढुवा हुनेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । मन अशान्त बन्ने जोखिम छ । राजनीतिक क्षेत्रमा बहुमत रहेकाले काम सहजै बन्नेछ । शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ । पूर्वको लामो यात्रा एक्लै नगर्नु राम्रो हुनेछ ।

कुम्भ : दिन सामान्य छ । मनमा अशान्ति बढ्नेछ । लगानीका क्षेत्रबाट भने फाइदा हुनेछ। व्यापारको लगानीबाट फाइदा हुनेछ । बौद्धिक साथी विपक्षी समूहमा सहभागी भएकाले बोल्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ ।

मीन : मनमा उत्साह बढ्नेछ । आजको कामलाई निरन्तरता दिएमा दीर्घकालीन योजना बन्नेछ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने हुन्छ । विपक्षी साथी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ । लामो यात्रा नगर्नु राम्रो हुनेछ । 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ५ : १२ बजे

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने