प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ? « Khabarhub

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । यसअघि आइतबार मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

प्रधानमन्त्री बालेनले आकस्मिक बैठक बोलाएकाले केही महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

गृहमन्त्री सुधन गुरुङको काभ्रेस्थित रोशी खोला निरीक्षण कार्यक्रमअघि प्रधानमन्त्रीले यो बैठक आह्वान गरेका हुन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएपछि मात्रै गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रस्थान गर्नेछन् । वर्षायाममा हुने बाढी र स्थानीयको समस्याबारे स्थलगत अध्ययन गर्न जानुअघि मन्त्रिपरिषद् महत्त्वपूर्ण विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १० : ३२ बजे

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी