भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ « Khabarhub

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ । घरेलु प्रविधिबाट डिजाइन गरिएको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टर (पिएफबिआर) ले सफलतापूर्वक नियन्त्रित आणविक शृङ्खला प्रतिक्रिया सुरु गरेको छ ।

यसलाई ‘क्रिटिकल’ अवस्था भनिन्छ । यो चरण पार गर्नु विद्युत् उत्पादन सुरु हुनु अघि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।

ऊर्जा माग तीव्र गतिमा बढिरहेको र हरितगृह ग्यास उत्सर्जनमा विश्वमै तेस्रो स्थानमा रहेको भारतले सन् २०४७ सम्म आफ्नो आणविक ऊर्जा क्षमता हालको करिब आठ गिगावाटबाट १०० गिगावाट पुर्‍याउने लक्ष्य राखेको छ । यस्तो अवस्थामा यो प्रगतिलाई दीर्घकालीन ऊर्जा सुरक्षातर्फ रणनीतिक कदमका रूपमा हेरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कलपक्कमस्थित उक्त रिएक्टरले ‘क्रिटिकल’ अवस्था हासिल गरेको जानकारी दिँदै यसलाई भारतको असैन्य आणविक कार्यक्रमको दोस्रो चरणतर्फको निर्णायक प्रगति बताए । उनका अनुसार यो उपलब्धिले स्वदेशी वैज्ञानिक क्षमता र इन्जिनियरिङ दक्षताको स्पष्ट झल्को दिन्छ ।

उनले सो रिएक्टरको विशेषता उल्लेख गर्दै यसले प्रयोग गरिएकोभन्दा बढी इन्धन उत्पादन गर्न सक्ने बताए । यसलाई भविष्यमा भारतका विशाल थोरियम भण्डारको उपयोगतर्फ मार्गप्रशस्त गर्ने महत्त्वपूर्ण आधारका रूपमा पनि व्याख्या गरिएको छ । थोरियमलाई दीर्घकालीन रूपमा सुरक्षित र सम्भावनायुक्त आणविक इन्धन मानिन्छ ।

हाल उक्त रिएक्टरबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भइसकेको छैन । प्राविधिक रूपमा पूर्ण क्षमतामा सञ्चालनमा पुगेपछि मात्र यसले राष्ट्रिय ग्रिडमा बिजुली आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।

विश्वव्यापी रूपमा ऊर्जा आपूर्ति अस्थिर भइरहेका बेला, विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन आपूर्तिमा अनिश्चितता बढिरहेका सन्दर्भमा भारतको यो उपलब्धि अझ महत्त्वपूर्ण मानिएको छ ।

हालसम्म भारतको ऊर्जा संरचना कोइलामा अत्यधिक निर्भर रहे पनि उसले सन् २०७० सम्म ‘शुद्ध–शून्य’ उत्सर्जन लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । यस्तो लक्ष्य पूरा गर्न आणविक ऊर्जालाई वैकल्पिक तथा दीगो स्रोतका रूपमा विस्तार गर्ने नीति अगाडि सारिएको छ । रासस

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ११ : ५१ बजे

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा