कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन « Khabarhub

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।

मंगलबार स्वास्थ्यमन्त्री किरण थापामगरले कानुनमा उल्लेख भएअनुसार अस्पतालले कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको बताए । 

उनले भनिन्, ‘मन्त्रालयले सोमबार प्रदेशका १३ जिल्लाभित्र सञ्चालनमा रहेका निजी तथा विभिन्न गैरसरकारी संस्थाका नाममा सञ्चालित अस्पताल एवं स्वास्थ्य संस्थालाई प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (६) मा रहेको कानुनी व्यवस्था आजैदेखि अक्षरशः कार्यान्वयन गर्न निर्देशन जारी गरेका छौँ, कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गर्छौँ ।’

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले स्वास्थ्य सेवा ऐनअनुसार हरेक अस्पतालले सामाजिक सेवा एकाइ स्थापना गरी बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क रूपमा कुल शय्या सङ्ख्याको कम्तीमा १० प्रतिशत शय्यामा उपलब्ध गराउन निर्देशन दिएको बताइन् ।
 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १२ : ४८ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,