सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव « Khabarhub

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका छन् । 

सिंहदरबारमा मंगलबार बसेका प्रतिनिधिसभा बैठकमा उनीहरूले सरकारले सुरुवाती चरणबाटै संविधान र विधिको शासन उलङ्घन गर्ने काम गरेको भन्दै प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका हुन् ।

बैठकमा एमाले सांसद गुरुप्रसाद बरालले सरकारले नेपालको संविधान र विधिको शासनको उलङ्घन गरिरहेको भन्दै संविधान प्रदत्त नागरिकका मौलिक अधिकारहरूलाई स्थापित गर्नका लागि निर्देशन दिन अनुरोध गरे । 

भाद्र २३ र २४ को घटनालाई लिएर पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको मुद्दा खारेज जन्य रहेको उनले बताए ।

त्यस्तै एमालेकी अर्का सांसद यशुदाकुमारी बरालले २००७ सालदेखि जेन-जी आन्दोलनसम्मका घटनाक्रमलाई लिएर सबै फाइल खोल्न आग्रह गरिन् । ओली र लेखकमाथि राजनीतिक प्रतिशोध राख्ने काम नगर्न उनले चेतावनी समेत दिइन् ।

उनले वर्तमान सरकारले विधिको शासन उलङ्घन गरे धेरै ठूलो क्षति व्यहोनुपर्ने समेत उल्लेख गरिन् ।   

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : ५६ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री