अमेरिका-इरान युद्धविरामको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो « Khabarhub

अमेरिका-इरान युद्धविरामको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै विश्व अर्थतन्त्र र वित्तीय बजारमा सकारात्मक प्रभाव देखिएको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको होर्मुजबाट तेल र ग्यासको निर्यात पुनः सुचारु हुने सुनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा ऊर्जा र सेयरको मूल्यमा ठुलो फेरबदल आएको हो ।

युद्धविरामको घोषणा लगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा करिब १५ प्रतिशतको भारी गिरावट आएको छ । ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्यमा उच्च गिरावट आएपछि महँगी घट्ने आशामा लगानीकर्ता उत्साहित देखिएको अलजजिराले लेखेको छ ।

अमेरिकी सेयर बजारमा प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरू एनभिडिया, टेस्ला र इन्टेलको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यद्यपि, कच्चा तेलको मूल्य घटेका कारण अमेरिकी ऊर्जा कम्पनीको सेयर भने करिब ३ प्रतिशतले ओरालो लागेको छ ।

यता एसियाली बजारमा पनि युद्धविरामको सन्देशले हरियाली छाएको छ । जापानको निक्की ५ प्रतिशतभन्दा बढीले बढेर खुला भएको छ भने दक्षिण कोरियाको कोस्पी झन्डै ६ प्रतिशतले उकालो लागेको छ ।

एसियाली बजारमा कारोबारको सुरुवातमा अमेरिकी डलर दुई सातायताकै न्यून बिन्दुमा झरेको छ । डलर कमजोर बन्दा युरो, ब्रिटिस पाउन्ड, जापानी येन, अस्ट्रेलियन डलर र न्युजिल्यान्ड डलरको विनिमय दरमा भने सुधार देखिएको छ ।

होर्मुजबाट हुने आपूर्ति अवरोध हट्ने संकेतले विश्वभरको आपूर्ति शृङ्खलामा राहत पुग्ने र यसले वित्तीय बजारलाई थप स्थिर बनाउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ६ : २२ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको