बाँकेको सञ्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ « Khabarhub

बाँकेको सञ्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्जमा निजी क्षेत्रबाट सञ्चालित सञ्जीवनी अस्पतालमा मङ्गलवारदेखि ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरिएको छ ।

मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालनमा ल्याएको अस्पतालका प्रबन्ध निर्देशक सन्तोषकुमार खनालले बताए । यस कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर तथा सेवा पहुँचमा समस्या भएका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उनले उल्लेख गरे ।

अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ मार्फत गर्भावस्थादेखि सुत्केरीपछिको अवस्थासम्म आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले जानकारी दिए । जोखिमयुक्त गर्भावस्थाको निःशुल्क पहिचान, समयमै उपचार तथा सुरक्षित प्रसूति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम नहुँदा सरकारी भेरी अस्पतालले त्यसको भार खेप्दै आएको थियो ।

सङ्घीय सरकारले एक वर्षअघि अनुदान रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको थियो । भेरीमा अत्यधिक चाप बढेपछि सरकारले फेरि नेपालगञ्ज उपमहानगरपालिकामार्फत सञ्जीवनीलाई अनुदान दिएको हो ।

अब सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु भएपछि यसले सेवाग्राहीलाई ठूलो लाभ पुग्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए । नगरप्रमुख विष्टले आमा सुरक्षा कार्यक्रम सुरु भएपछि बाँकेमा मातृ शिशु मृत्युदरमा सुधार हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ११ : १० बजे

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ

नेपाल गुणस्तर परिषद्को बैठक : विभिन्न गुणस्तर मापदण्ड स्वीकृत

काठमाडौं– नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय