कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति « Khabarhub

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । रौतहटका नुर मोहमदद्वारा सञ्चालित उक्त उद्योगमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सातवटा दमकलको सहयोगमा निभाइएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आगलागी भएको खबर प्राप्त हुनासाथ बिर्तामोड, मेचीनगर, दमक, कमल गाउँपालिका, भद्रपुर र शिवसताक्षी नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो । सुरक्षा निकाय र स्थानीयवासीको सक्रिय सहभागितामा आगो फैलिन नदिई निभाइएको प्रहरीले जनाएको छ ।

इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले आगो पूर्ण रूपमा निभाइएको र घटनाबारे अनुसन्धान भइरहेको बताए। आगलागीबाट उद्योगका मेसिन, कच्चा पदार्थ तथा तयारी सामग्री गरी ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । 

उद्योग सञ्चालक मोहमदका अनुसार उद्योगमा रहेका तीनवटा मेसिन, करिब ६० क्वीन्टल कालो कपास, २० क्वीन्टल सेतो कपास तथा कपासजन्य अन्य ज्वलनशील सामग्री जलेर नष्ट भएको छ । 
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ४ : ४४ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल