सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका « Khabarhub

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालिएको छ । 

सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी वृक्षरोपणसमेत गर्ने योजनाअनुरूप सो काम अघि बढाइएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा डोजर चलाएको छ । 

अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

नगरस्तरीय तथा प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म र आयलनिगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोक जाने बाटोमा दुई मिटर चौडा फुटपाथ निर्माण तथा वृक्षरोपण गर्ने योजना रहेको उनले बताए । 

रु दुई करोड १५ लाखमा ठेक्का खोलेकामा गाउँले कन्स्ट्रक्सन र पञ्चदेवी निर्माण सेवा र ए एण्ड ए कन्स्ट्रक्सन जेभीले रु दुई करोड सात लाख ९९ हजार २११ मा भएको ठेक्का सम्झौता गरी फुटपाथ निर्माण थालेको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर भूपेन्द्र बोहराले जानकारी दिए । 

सम्झौता अवधि असार २० गतेसम्म छ । तीन सय ९० मिटर विमानस्थल आयल निगमदेखि दक्षिण र २२०० मिटर धम्बोझीदेखि कारकाँदोसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरिने उनले बताए । 
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ६ : ५१ बजे

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको