चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष « Khabarhub

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ । 

दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडक भएको छ । 

बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएकामा पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । कालोपत्र भएपछि रेश जाने यात्रुलाई सहज हुन थालेको छ । 

सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक समयमै काम नहुँदा गाउँपालिकाको लागतमा कालोपत्र भएको हो । 

उक्त सडक गाउँपालिकाका सबैभन्दा बढी लागतमा कालोपत्र भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । 

२०७७ जेठमा दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण कम्पनीसँग छ करोड ७१ लाख रुपैयाँमा चार किमी सडक कालोपत्र र ढलान गर्ने सम्झौता गरिएको सडक समयमै काम नहुँदा छ पटक म्याद थपिएको थियो ।

निर्माण व्यवसायीले अहिले सडक धमाधम कालोपत्र गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष राजु थापाले पालिकाले अपनत्व लिँदा सडक कालोपत्र भएको बताए । 

सङ्घीय सरकारले साझेदारी गरेर ठेक्कामा गए पनि समयमै काम नहुँदा गाउँपालिकाले चार करोड  लगानी गरेर सडक सम्पन्न गर्न थालेको बताए । 

बर्खामा हिलो र हिउँदमा धुलाम्मे सडकले रेशका जनतालाई आजित बनाएको थियो । सडक कालोपत्र भएपछि १५ मिनेटमै गाउँपालिकाको केन्द्रबाट रेश पुग्न सकिने भएको छ । 

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ११ : २० बजे

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा