दैनिक १८ हजार मोवाइल नेपाल भित्रिन्छन् « Khabarhub

दैनिक १८ हजार मोवाइल नेपाल भित्रिन्छन्


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्याङ्क अनुसार औसतमा उक्त सङ्ख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो ।

विभागका अनुसार असोजसम्म सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबाइल आयात भएका छन् ।

गत आवमा मोबाइलको आयातमा केही कमी आए पनि यस वर्ष आयातको प्रवृत्ति भने बढेको छ । गतवर्षको असोजसम्म छ अर्ब २९ करोड रुपियाँ बराबरका १३ लाख ६२ हजार ३३१ थान मोबाइल आयात भएका थिए ।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट मोबाइल आयात भएको छ । त्यहाँबाट मात्रै तीन अर्ब ३३ करोड रुपियाँ बराबरको १२ लाख ८४ हजार थान मोबाइल नेपाल भित्रिएका छन् ।

चीनका हुवावे, सायोमी, ओप्पो, वनप्लस, भीभोलगायतका मोबाइल नेपालमा बढी प्रचलनमा छन् । चीनपछि भारतबाट तीन अर्ब ४० करोड रुपियाँ बराबरका तीन लाख १२ हजार थान मोबाइल भित्रिएको तथ्याङ्क छ । भियतनामबाट समीक्षा अवधिमा करिब २७ हजार थान मोबाइल आयात भएको छ ।

यसबाहेक जापान, दक्षिण कोरिया, बङ्गलादेशलगायतका मुलुकबाट पनि मोबाइल आयात भएको तथ्याङ्क छ । यद्यपि यी देशबाट निकै कम अर्थात् सयको हाराहारीमा मात्र मोबाइल आयात भएको देखिन्छ । स्विट्जरल्यान्ड, कुवेत, मङ्गोलिया, न्यूजिल्यान्ड, तान्जानियाबाट तीन महिनासम्म भन्सार हुँदै केवल एक/एक थान मात्र मोबाइल आयात भएको छ ।

मोबाइल नेटवर्कको पहुँच बढेसँगै नेपालमा मोबाइल फोनका प्रयोगकर्ताको सङ्ख्या पनि विस्तार हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिलेसम्म दूरसञ्चार सेवा प्रदायकले चार करोड नौ लाख सिमकार्ड वितरण गरेका छन् । वितरित सिमकार्ड नेपालको कुल जनसङ्ख्याभन्दा ३८.५९ प्रतिशतले बढी छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ५४ बजे

अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर

टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

बनेपा– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका

हेटौँडा उपमहानगरबाट २२ करोड ४५ लाख राजस्व सङ्कलन

बागमती– हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२

रास्वपाकी मधेस सभापति ममताले दिइन् राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता