श्रीमतीको नियुक्तिले चौध दिनमै जाने भयो साहको मन्त्री पद, रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : जिम्मेवारीबाट हटाइदिनू « Khabarhub

श्रीमतीको नियुक्तिले चौध दिनमै जाने भयो साहको मन्त्री पद, रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : जिम्मेवारीबाट हटाइदिनू


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई बिदा गर्न प्रधानमन्त्री बालेन्द्र साहसमक्ष सिफारिस गरेको छ।

स्वास्थ्य बिमा बोर्डमा आफ्नी श्रीमती जुनु श्रेष्ठलाई सदस्य नियुक्त गर्ने प्रक्रियामा पदको दुरूपयोग भएको आरोप लगाउँदै त्यसबारे कारबाही र जिम्मेवारीबाट हटाउन रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका हुन्।

पार्टीका केन्द्रीय अनुशासन आयोगले गरेको अध्ययनअनुसार मन्त्री साहले पदीय मर्यादा उल्लंघन गरी लामो समय निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डका सदस्यमा श्रीमती जुनु श्रेष्ठलाई नियमित गराउने कार्य गरेको देखिएको छ। आयोगले मिति बुधबार नै साहमाथि कारबाहीका लागि पत्र पठाएको थियो।

रास्वपाका सभापति लामिछानेले पत्रमा भनेका छन्, ‘यस कार्यले पार्टीको छवि, आदर्श र सिद्धान्तमा नकारात्मक प्रभाव पारेको छ।’

पत्रमा पार्टी विधानको धारा २५ (४) (क) र धारा ६९ अनुसार मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरिएको छ।

पार्टीले अन्य मन्त्रीहरूले पनि आवश्यक गम्भीरता नदेखाएमा पार्टीले पुनः नियमानुसार कारबाही गर्न सक्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ३ : ५४ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित