नदी तर्नेक्रममा डुबेर मृत्यु « Khabarhub

नदी तर्नेक्रममा डुबेर मृत्यु


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेस्थित त्रियुगा नदि तर्ने क्रममा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा खोटाङको साव मझुवा गाउँपालिका– ६ का ४० वर्षिय सुबास बिक रहेको ईलाका प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घरबाट उदयपुरस्थित चौदण्डीगढी नगरपालिका–९ अजगरामा रहेको ससुराली घर जाने क्रममा ज्यामिरेमा त्रियुगा नदि तर्ने क्रममा जमेको पानीमा डुबेर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक एसपी बीरबहादुर बुढा मगरले जानकारी दिए ।

राति ८ बजे बेल्टार बजारबाट चौनपा–९ ज्यामिरे अजगडास्थित ससुराली घर जानेक्रममा जमेको नदी तर्न खोज्दा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

रातिको समयमा सामान्य पानी देखेर तर्न खोज्दा गहिरो दहमा फसेर निस्कन नसक्दा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेकोछ । राती नदी तर्दैगर्दा डुबेर मान्छे चिच्याएको आवाज सुनेपछि स्थानीयले इप्रका बेलटारमा खबर गरेका थिए ।

इप्रकाका इन्पेक्टरको कमाण्डमा गएको सशस्त्र सहितको टोलीले उद्धारका लागि खोजे पनि नभेटिएका उनको शव मंललवार बिहान ९ बजे मात्र दहमै डुबेर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताए । प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि बेल्टार अस्पताल पठाएको र आफन्तलाई खबर गरेको जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : ३१ बजे

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध