औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा  « Khabarhub

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल छानविनको दायरामा परेका छन् । 

बिहीबार प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयलाई तत्काल छानविन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले स्वास्थ्य सचिवलाई पत्राचार गर्दै ७ दिनभित्र छानविन सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । 

सो निर्देशनपछि ढकाललाई मन्त्रालयमा तानिएको छ । पत्रमा प्रचलित कानूनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरिएको भनी प्रधानमन्त्री कार्यालयमा उजुरी परेको उल्लेख गरिएको छ । 

साथै, औषधिको मूल्य निर्धारण प्रक्रिया के हो, सो प्रक्रिया पालना गरिएको छ वा छैन, तथा मूल्य निर्धारणमा कुनै अनियमितता भए त्यसमा कस–कसको संलग्नता छ भन्ने विषयमा विस्तृत छानविन गर्न भनिएको छ । 

यसका लागि विषयगत विज्ञहरू समेटिएको तीन सदस्यीय छानविन समिति गठन गरी निर्धारित समयभित्र प्रतिवेदन बुझाउन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १ : १९ बजे

पोखरा पुगे भारतीय सेना प्रमुख जनरल धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्रबिना नै सुरु भयो रास्वपा बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ