औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण « Khabarhub

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र सञ्चार माध्यममा उठेपछि औषधि व्यवस्था विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विभागले यसअघि नै औषधिको मूल्य समायोजनसम्बन्धी सूचना जारी गरिसकेको उल्लेख गर्दै पुनः स्पष्टीकरण दिएको हो ।

विभागका अनुसार औषधि ऐन, २०३५ को दफा २६ अनुसार नेपाल सरकारले आवश्यक ठानेमा औषधिको मूल्य निर्धारण गर्न सक्ने व्यवस्था छ । 

सोही कानुनी प्रावधानअनुसार हालसम्म ११७ प्रकारका औषधिको अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको विभागले जनाएको छ । यसबाहेक अन्य औषधिको मूल्य सरकारले निर्धारण नगरेको स्पष्ट पारिएको छ ।

मूल्य निर्धारण गर्दा औसत , मध्य , सन्दर्भ मूल्य र तुलनात्मक मूल्य जस्ता आधारलाई अपनाइएको विभागले जनाएको छ । औषधि परामर्श परिषद्को सिफारिसअनुसार वैज्ञानिक विधिबाट मूल्य निर्धारण गर्ने प्रणाली लागू गरिएको पनि उल्लेख छ ।

त्यसैगरी, औषधि दर्ता कार्यविधि २०७३ अनुसार कुनै पनि औषधिको मूल्य सम्बन्धित देशको सन्दर्भ मूल्यभन्दा बढी हुने गरी स्वीकृति नदिइने विभागको भनाइ छ । 

मूल्य निर्धारण नभएका औषधिमा भने उत्पादक स्वयंले मूल्य तोक्ने प्रचलन रहेको छ, तर त्यसलाई पारदर्शी र वैज्ञानिक बनाउन विभागले अनुगमन गरिरहेको जनाएको छ ।

विभागले मूल्य अनुगमन समितिको सिफारिसका आधारमा सन्दर्भ र तुलनात्मक मूल्य हेरी मूल्य समायोजन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । साथै, स्वीकृत औषधिको मूल्यसम्बन्धी विवरण विभागको अनलाइन प्रणाली मार्फत सार्वजनिक गरिएको छ ।

विभागले औषधिको मूल्य समायोजनसम्बन्धी कुनै जिज्ञासा वा गुनासो भएमा सम्बन्धित व्यक्तिलाई विभागमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १ : ४९ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४