रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय « Khabarhub

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि भएपछि १९ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०२४ मा पक्राउ परेका उनीमाथिको मुद्दा मस्कोस्थित एक विशाल सैन्य–थिम पार्कसँग सम्बन्धित वित्तीय अनियमिततामा केन्द्रित रहेको बताइएको छ । उक्त पार्कलाई कतिपयले रूसको ‘सैन्य डिज्नील्यान्ड’ भनेर पनि चिन्ने गरेका छन् ।

उक्त परियोजना प्याट्रियट पार्क पूर्व रक्षामन्त्री सर्गेई शोइगुको पहलमा निर्माण गरिएको हो । यसको उद्देश्य युवापुस्तामा राष्ट्रिय गौरव जगाउने र सोभियत तथा रुसी सैन्य शक्ति प्रदर्शन गर्ने रहेको थियो । पार्कभित्र फायरिङ रेन्ज, एयर बेस, सङ्ग्रहालय र सम्मेलन केन्द्र समेटिएको छ ।

साथै सोभियत र रुसी सैनिकहरूको मोजाइकसहित रूसी सशस्त्र बलको विशाल खाकी रङको क्याथेड्रल पनि रहेको छ । क्रेमलिनका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त चर्चका लागि प्रयोग गरिएको मुख्य आइकन निर्माणमा व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेका थिए ।

सरकारी समाचार संस्था रिया नोभोस्तीका अनुसार पोपोभ प्याट्रियट पार्कको विकास र मर्मतसम्भारका जिम्मेवार अधिकारी थिए। अनुसन्धानकर्ताहरूले उनले मस्को क्षेत्रमा आफ्नो निजी सम्पत्तिको पुनर्निर्माणका लागि पार्कको बजेटबाट दुई करोड ५० लाख रुबल (करिब तीन लाख २४ हजार अमेरिकी डलर) भन्दा बढी रकम दुरुपयोग गरेको निष्कर्ष निकालेका छन् ।

सरकारी समाचार संस्था तासका अनुसार पोपोभले आरोप अस्वीकार गर्नुभएको छ र उहाँका वकिलले फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । अदालतले उहाँलाई सजायसँगै आठ करोड ५० लाख रुबल (करिब ११ लाख डलर) जरिवाना पनि तोकेको छ ।

यसै मुद्दासँग सम्बन्धित अर्को घटनामा प्याट्रियट पार्कका निर्देशक तथा रक्षा मन्त्रालयको इनोभेसन विभागका सहायक मेजर जनरल भ्लादिमिर सिश्तेरोभलाई पनि दोषी ठहर गरिएको छ । उनलाई छ वर्षको जेल सजाय सुनाइएको छ भने पोपोभसँगै आरोपित अर्का अधिकारीलाई पाँच वर्षको जेल सजाय तोकिएको छ ।

पूर्व रक्षामन्त्री सर्गेई शोइगुसँग सम्बन्धित कम्तीमा एक दर्जन अधिकारीहरू रूसी सैन्य नेतृत्वभित्रको पद दुरुपयोगसम्बन्धी व्यापक अनुसन्धानको दायरामा परेको बताइएको छ । पोपोभ सन् २०१३ देखि जुन २०२४ सम्म उप–रक्षामन्त्रीका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई गत वर्ष राष्ट्रपति आदेशमार्फत पदबाट बर्खास्त गरिएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १० : ५२ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश